प्रेरक भनाइहरु व्यक्ति विशेष प्रेरक भनाइहरु

बव मार्लीका १४ उत्कृष्ट भनाइहरू — दोस्रो खण्ड

बब मार्ली प्रख्यात जमैकन संगीतकर्मी हुन । उनको जन्म फेब्रुअरी ६, १९४५ मा भएको थियो भने मृत्यु भने मे ११, १९८१ मा भएको थियो । उनलाई रेग्गी संग्रीतको प्रणेतामध्यको एक मानिन्छ । उनको गितमार्फतको स्वतन्त्रताप्रतीको अभिव्यक्तिले आज पर्यन्त प्रख्यात बनाएको छ । उनै प्रख्यात संगीतकार बब मार्लीको केही प्रेरक भनाइहरुको संकलन यहाँ प्रस्तुत गर्दै छौ, उनको भनाइहरुको पहिलो संकलन अध्ययन गर्नको निम्ति यहाँ क्लिक गर्नुहोला ! – सं.

१. जबसम्म बलियो बन्नु बाहेक तिम्रो अर्को विकल्प हुनेछन तबसम्म तिमि कतिसम्म बलियो छौ भन्ने कुरा तिमीलाई थाहा हुनेछैन ।

२. साचो मित्रहरु तारा जस्तै हुन्, तिमीले उनीहरुलाई तब मात्र चिन्न सक्नेछौ जब जिन्दगीमा अध्यारो छाउनेछ ।

३.  एउटा पुरुषको सबैभन्दा कायरतापूर्ण काम भनेको एउटी महिलालाई माया गर्ने उद्देश्य नराखी उनको हृदयमा प्रेम जगाउनु हो ।

४. आफूलाई मूल्यांकन नगरी दोस्रोलाई मूल्यांकन नगर्नु, अनि तब पनि दोस्रोको मूल्यांकन नगर्नु जब तिमीलाई कसैप्रति अनिच्छा छ भने ।

५. पैसा भनको संख्या हो, र संख्याको कहिल्यै अन्त्य हुँदैन । यदि खुसी हुन पैसा चाहिन्छ भने तिम्रो खुसीपाउने खोज कहिल्यै अन्त्य हुनेछैन ।

६. महिलामा हुने सबैभन्दा आकर्षक वक्र भनेको उनको मुस्कान हो ।

७. प्रेम, मित्रता, मुस्कान…. यी केही चिज हुन जुन जिन्दगीमा पूर्णत निशुल्क छन् ।

अंग्रेजी सिक्न चाहनुहुने मित्रहरुको निम्ति हाम्रो नेपाली माध्यमबाट ३० दिनमै सजिलै अंग्रेजी सिक्न सकिने उपलब्ध एप मार्फत नेपाली माध्यमबाटै सजिलै आफ्नो सिकाइलाई बढाउनुहोस् ! यहाँबाट डाउनलोड गर्न सकिनेछ । [Ad}

८. सबैभन्दा राम्रा चिजहरु ‘पर्फेक्ट’ हुदैनन् बरु ति त हेर्नका निम्ति ‘स्पेसल’ हुन्छन ।

९. जस्तो जिन्दगी बाचेका छौ त्यसलाई माया गर र आफूले माया गर्ने तरिकाले जिन्दगीलाई बाँच ।

१०. आफ्ना विचारहरुलाई गाड्ने नगर्नु, बरु आफ्नो भिजनलाई वास्तविकतामा उतार्नु ।

११. आफैलाई आफ्नो मानसिक कैदबाट मुक्त गर किनकि आफू सिवाय कसैले तिम्रो मस्तिष्कलाई स्वतन्त बनाउन सक्दैन ।

१२. यदि युद्ध हारेर शान्ति जित्न सकिन्छ भने त्यो उत्तम कुरा हो ।

१३. जुन कुराले तिमीलाई खुसी बनाउदछ त्यो कुरा कहिल्यै गलत हुदैन ।

१४. जसले यो संसारलाई खतम बनाईरहेका छन् उनीहरुले भने एक दिन पनि विराम नलिई काम गरिरहेका छन्, भने मैले कसरी विश्राम लिन सक्नु ?

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!