यथार्थ लाइनहरु

माया र मजाक हरकोहीसँग गरिदैन – केही यथार्थ लाइनहरु

१. कसैले छोडेर गयो भनेर चिन्ता नगर्नुहोस् , गलत मान्छेहरु जानुपर्छ ताँकी असल मानिस हाम्रो जीवनमा आउन सकुन ।

२. सम्पत्ति त विरासतमा पनि मिल्न सक्छ , तर पहिचान आफ्नै बलमा बनाउनु पर्दछ ।

३. जब गुमाउन को लागि केही पनि हुँदैन तब पाउनको लागि धेरै कुरा हुन्छ ।

४. आलोचना पनि हुन जरुरी छ किनकि हरेक दिन तपाईंको प्रशंसा हुन्छ भने तपाई अगाडि बढ्न सक्नु हुनेछैन ।

५. जसलाई कुनै चिजको लोभ हुँदैन उनीहरु आफ्नो हरेक काम धेरै जिम्मेवार भएर गर्दछन् ।

६. पैसाको साथसाथै आशीर्वाद पनि कमाउनुहोस् किनकि आशीर्वाद त्यहाँ काम आउछ जहाँ पैसा काम आउँदैन ।

७. कसैको बाध्यता र उदासीनता मा कहिल्यै पनि नहास्नु के थाहा कोही व्यक्ति आफूभित्र कस्तो पिडा लिएर आफ्नो जिन्दगी जीइरहेको रहेको छ।

८. जो चिज हाम्रो हातमा हुँदैन , उसको विषयमा चिन्ता गरेर केहि फाइदा छैन ।

९. जब तपाईंको मनसाय राम्रो हुन्छ भने तपाईंले कसैलाई गुमाउनु हुँदैन बस मानिसहरु तपाईंलाई गुमाउँछन् ।

१०. बिना मेहनत केहि पनि मिल्दैन साथी, प्रकृति चरीलाई खाना अवश्य दिन्छ तर गुँड मा होइन ।

११. कसैले म सँग नराम्रो गर्दछ भने ऊ उसको कर्म हो । म कसैसँग राम्रो गर्दछु यो मेरो धर्म हो ।

१२. व्यवहारिक होइन अब दुनियाँ बरु व्यवसायीक भैसक्यो सम्बन्धहरु उनीसँगै मधुर हुन्छन जोसँग मुनाफा धेरै हुन्छ ।

१३. आजको मान्छेहरु सत्य कुरा दिल मा लिदैनन तर झुठो कुराहरु तुरुन्तै दिमागमा लिन्छन ।

१४. राम्रो दिन भन्दा पनि राम्रो सम्बन्धलाई सम्हालेर राखनुहोस् किनकी राम्रो सम्बन्धले राम्रो दिन ल्याउन सक्छ तर राम्रो दिनले राम्रो मान्छेलाई ल्याउन सक्दैन ।

प्रतिक्रिया

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!