प्रेरक लाइनहरु

केही यथार्थ लाइनहरु – संग्रह एक

१. गन्तव्यमा पुग्ने आशा कहिल्यै नछोड्नुहोस् किनभने अक्सर सूर्य अस्ताएपछि नै फेरि विहानी हुन्छ ।

२. सफल हुनको लागि राम्रा साथीहरु चाहिन्छ र धेरै सफल हुनको लागि राम्रा शत्रुहरूको आवश्यकता हुन्छ ।

३. जुन व्यक्तिहरुमा पढ्ने बानी छ उनीहरु जीवनमा कहिल्यै एक्लो हुन सक्दैनन् ।

बिगतको सिकाई, भविष्यको सम्झना अनि वर्तमानको कर्मले तिमीलाई सफल बनाउछ ।

४. गल्ती गर्नु गलत होइन बरु गलत त यो हो कि गलत गरेर पनि गल्ती नसुधार्नु ।

५. केही हुनेछैन अधेरोलाई सरापेर , आफ्नो हिस्साको दीयो हामी आफैंले जलाउनु पर्छ ।

६. बुद्धिमान मानिस कयौंपटक उत्तर हुँदाहुँदै पनि पछि फर्केर बोल्दैनन् , किनकि कयौंपटक सम्बन्धलाई जिवित राख्नको लागि मौन भएर हार्न जरुरी हुन्छ ।

७. यति तितो पनि बन्नुहुदैंन कि कसैले थुकिदेओस् अनि यति मिठो पनि बन्नुहुदैंन कि सिधै निलिदिउन् ।

८. प्राय एक्लोपन बाट उही व्यक्ति गुज्रिन्छ जसले जिन्दगीमा सही फैसला चुनेको हुन्छ ।

९. हामी उपहारको रुपमा घडी त दिने गर्दछौं तर एक अर्कालाई समय भने दिन सक्दैनौ ।

१०. सहि गलत केही हुँदैन , तिम्रो लागि तिमी सहि मेरो लागि म सही ।

११. बिगतको सिकाई, भविष्यको सम्झना अनि वर्तमानको कर्मले तिमीलाई सफल बनाउछ ।

१२. जति ठूलो सपना हुन्छ त्यतिनै ठूलो पीडा पनि हुन्छ, र जति ठूलो पीडा हुन्छ त्यतिनै ठूलो सफलता पनि मिल्छ ।

१३. समयलाई दोष दिएर भाग्न खोज्ने मान्छे कायर हो । बलवान् मान्छे त उल्टो समयलाई नै चुनौती दिएर कर्म गर्नतिर तल्लीन हुन्छ ।

१४. महान ब्यक्ति त्यो हाेइन जाे खुसिमा हासाे थपि दिन्छ, महान ब्यक्ति त्यो हाे जुन दुखमा पनि खुसिकाे आभाष गराइदिन्छ ।

[ad] पुनश्च: अब सफलता पोष्टका सबै सामग्रीहरु यहाँले हाम्रो एन्ड्रोइड एप्लिकेशनमा पनि प्राप्त गर्न सक्नुहुनेछ र हरेक दिनको नयाँ पोष्ट नोटिफीकेशन मार्फत सबैभन्दा पहिले यहाँले आफ्नै मोबाईलमा प्राप्त गर्न सक्नुहुनेछ । डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोला !

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!