प्रेरक भनाइहरु विषय विशेष भनाइहरु

कसरी खुसी रहने ? — खुशीका सुत्रहरु

१. कहिलेकाही हामीले हाम्रोनिम्ति बन्द भएका ढोकाहरु तिर नै लामो समयसम्म हेरिरहन्छौ जसले गर्दा हाम्रा निम्ति खुलेको ढोकादेख्न सक्दैनौ ।
— हेलेन केलर

२. जब तिम्री खुसी हुन्छौ तब तिमीलाई संगीत मन पर्छ तर जब दुखि हुन्छौ तब गितका शब्द मनपर्दछ ।
— फ्र्यांक ओसियन

३. मानिसहरु त्यतिसम्म खुसी हुन सक्दछन जति उनीहरु आफूलाई खुसी बनाउन सक्दछन ।
— अब्राहम लिंकन

४. जबसम्म आफू को हो र कसरी आफू खुसी हुन सकिन्छ भन्ने कुरा थाहा पाउदछौ तबसम्म अरुले तिमीलाई कसरी हेर्दछ भन्ने कुराको कुनै मायाना रहदैन ।
— वेण्डी मास

५. जब तिम्रो खुसी नै अरु कसैको खुसी बन्दछ तब त्यो प्रेम हो ।
— दलाइ लामा

६. खुसी भनेको रोजाई हो, परिणाम होइन । जबसम्म तिमि आफैले खुसीलाई रोज्दैनौ तबसम्म कसैले तिमीलाई खुसी बनाउन सक्दैन ।
— राल्फ मार्स्टन

७. जीवनकै सबैभन्दा महत्वपूर्ण कुरा भनेको जीवनलाई खुसीसाथ जिउनु हो, यसले नै मुख्य प्रभाव पार्दछ ।
— औड्री हेपबर्न

के तपाइले यस्तै सम्पूर्ण पोष्टहरु आफ्नै मोवाइल मार्फत पढ्न चाहनुहुन्छ ? उसो हो भने हाम्रो ‘सफल संसार” एप्लिकेसन अहिल्यै डाउनलोड गर्नुहोस्, जहाँ यस्तै सय भन्दा बढी सामग्रीहरु संकलित गरिएको छ, यदि यहाँले पहिल्यै डाउनलोड गर्नु भएको छ भने नया भर्सन अपडेट गर्न सक्नुहुनेछ । डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

८. उत्तर हामी भित्रै छ, यदि हामीले शान्ति र खुसी हामी आफू भित्र भेट्टाउन सक्दैनौ भने यो बाहिरबाट आउनेवाला छैन ।
— तेन्जिङ पाल्मो

९. पल-पलमा खुसी हुन सिक, खुसी हुनको निम्ति पल नै पर्याप्त छ, त्यो भन्दा बढी आवश्यक छैन ।
— मदर टेरेसा

१०. खुसीले अरु खुसी आकर्षण गर्छ, आनन्दले अरु आनन्द तान्छ, शान्तिले अरु शान्ति आकर्षण गर्छ, कृतज्ञताले अरु कृतज्ञता आकर्षित गर्छ, प्रेमले अरु प्रेम आकर्षित गर्छ । तिम्रो कर्तव्य तिम्री आफू भित्र छ, पूरा संसार बदल्नको निम्ति पहिले तिमि आफू भित्र बदल्न सक । हेर त कति सजिलो छ ।
— रोंडा ब्रायन

११. आशावादी हुनु भनेको खुसीको चुम्बक जस्तै हो; जब तिमि सकारात्मक सोच्छौ तब राम्रा चिजहरु, राम्रा मान्छेहरु तिमितिर आकर्षित हुन्छन ।
— मेरी लु रेट्टन

१२. कत्ति ढिला भएको छैन, फेरी सुरु गर्नको निम्ति, फेरी खुसी हुनको निम्ति ।
— जेन फोण्डा

१३. खुसी केही मिल्दैमा वा आफ्नो हुदैमा प्राप्त हुने होइन, खुसी त ज्ञानी र मायालु हृदयबाट प्राप्ति हुने हो ।
— गौतम बुद्द

१४. मानिसहरु सोच्दछन खुसी भनेको केही कुरा पाउदा हुने चिज हो तर खासमा त्यसो होइन खुसी तब मिल्छ जब तिमिसँग भएका अध्यारा चिजहरु हटाउन सुरु गर्दछौ ।
— कार्लाइन क्रेन

१५. जब मानिसहरु खुसी हुन्छन तब उनीहरुलाई वर्षात होस वा न्यानो दिन दुवै मनपर्दछ ।
— एन्तोन चेखव

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!