प्रेरक भनाइहरु लोकप्रिय भनाइहरु

जीवन जिउन सिकाउने १४ प्रेरणादायी भनाइहरु

जीवनमा निकै गाह्रो अफ्ट्यारोहरु आइपर्दछन । सपनाको गन्तव्यसम्म पुग्ने बाटो अवश्य पनि सरल र सहज छैन । कुनै पनि उद्देश्य हासिल गर्नको निम्ति संघर्षको बाटो हुदै गुज्रनु पर्दछ । त्यो बखत हामी पटक पटक टुट्न सक्छौ । धेरै पटक लड्न सक्छौ कहिलेकाहीँ जिन्दगीमा हार मान्नसम्मको विचार मनमा आउन सक्दछ । तर पनि त्यो बखतमा कसरी आत्मदेखिबाट आफूलाई बलियो बनाउने, कसरी कमजोरीलाई परास्त गर्ने, कसरी प्रेरित रहिरहने त्, यसको निम्ति यहाँ केही संकलित भनाइहरु प्रस्तुत गरेका छौ !

१. कहिल्यै पनि आफ्नो शिर ननिहुराउनु । यसलाई सधै उच्च राख्नु । संसारलाई सधै सिधा आँखाले हेर्नु । – हेलेन केलर

२. सुन्दर हुनु भनेको आफू जस्तो छु त्यहिँ हुनु हो । तिमि सुन्दरी हुन अरुले स्वीकार गरिदिनुपर्छ भन्ने छैन । तिमीले आफैले आफूलाई स्वीकार गर्न सक्नुपर्दछ । – थिक नाट हान

३. हामी किन अरुले के सोच्लान भनेर चिन्तित हुने ? के उनिहरुको भन्दा आफ्नो विचारप्रति हाम्रो दृढता बढी छैन र ! – ब्रिघम योंग

४. संसारका सबैभन्दा सुन्दर व्यक्तिहरु जसलाई हामीले चिन्दछौ उनीहरु ति हुन जसले हारलाई चिनेको छ, पिडालाई चिनेको छ, संघर्ष बुझेको छ, केही गुमाएको छ, र कठिन मार्गबाट हिडेका छन्, तिनीहरुमा बुझ्ने क्षमता छ, जीवनप्रतिको संवेदनशीलता र बुझाइ छ उनीहरुसँग जसले उनीहरु करुणा, भद्रता र उनीहरुको हृदयमा प्रेम भरिएको छ ।  यसैले, सबैभन्दा सुन्दर व्यक्तिहरु स्वतः बन्ने गर्दैनन् । – एलिजावेथ कुब्लर रोस

५. हाम्रो अघि के छ र हाम्रो पछाडी के छ भन्ने कुराले कुनै अर्थ राख्दैन जब हामी आफू भित्र के छ भन्ने कुरासँग दाजेर हेर्दछौ । – राल्फ वाल्दो इमर्सन

६. तिम्रो अनुमति विना कसैले तिमिलाई निच बनाउन सक्दैन । – एलेनोर रुजवेल्ट

७. तिमीले कुनै पनि काम गर्न खोजिरहेका छौ वा सपना देखीरहेका छौ भने त्यो कामलाई सुरुवात गर । सहसमा विद्वता, शक्ति र जादु हुन्छ । – गोथे

८. आफ्नो दिनलाई कति फसल काट्यो त्यसको आधारमा मूल्यांकन नगर बरु कति बिउ रोप्न सक्यौ त्यसको आधारमा गर । – रोबर्ट लुईस स्तिभेन्सन

९. हजार माइलको यात्रा एक पाइलोबाट सुरुवात हुन्छ । – लाओत्सु

१०. असम्भव भनेको ति कामहरु हुन् जुन तिमीले गर्दै गरेनौ । – टोनी रोबिन्स

११. मलाई रुख काट्न छ घण्टा देउ, त्यसको पहिलो चार घण्टामा बन्चरोमा धार लागाउनमा खर्चनेछु । –  अब्राहम लिंकन

१२. हामी त्यो हौ जे हामी बारम्बार गरिरहन्छौ । दक्षता भनेको काम मात्र होइन यो त बानि हो । – अरस्तु

१३. यदि तिमि उड्न सक्दैनौ भने दौड, यदि दौडन सक्दैनौ भने हिड, हिड्न सक्दैनौ भने घिस्रीअ, तर कुनैपनि अवस्थामा तिमि अघि भने बढीरहनुपर्नेछ । – मार्टिन लुथर किंग जुनियर

१४. एउटा भोको पेट, रित्तो गोजी र टुक्रिएको हृदयले जीवनकै महत्वपूर्ण पाठ पढाउने गर्दछ । – रोविन विलियम्स

के तपाइले यस्तै सम्पूर्ण पोष्टहरु आफ्नै मोवाइल मार्फत पढ्न चाहनुहुन्छ ? उसो हो भने हाम्रो ‘सफल संसार’ एप्लिकेसन अहिल्यै डाउनलोड गर्नुहोस्, जहाँ यस्तै सय भन्दा बढी सामग्रीहरु संकलित गरिएको छ, यदि यहाँले पहिल्यै डाउनलोड गर्नु भएको छ भने नया भर्सन अपडेट गर्न सक्नुहुनेछ । डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!