यथार्थ लाइनहरु

जीवनलाई कसरी सुन्दर बनाउने ? – केही लाइनहरु

१. महान व्यक्तिको पहिलो जित निन्द्रामै हुन्छ, जति ठुला सपना हुन्छन निन्द्रा त्यति नै कम आउँदछ ।

२. नराम्रो गर्ने विचार आउँछ भने भोलीलाई टाल्नुहोस, राम्रो गर्ने विचार आउँछ भने आजै गर्नुहोस ।

३. जब तपाई आफ्नै कामसँग काम राख्न लाग्नुहुन्छ तब दुनियाँले तपाईंलाई घमण्डी सम्झिन लाग्दछ ।

४. यदि भाग्यले साथ दिइरहेको छैन भने सम्झिनु कि मेहनतको कमी छ ।

५. जो एकान्तमा एक्लै रुन्छन, उनका आँशु उनको तागत बन्दै जान्छन ।

६. दुनियाको सबैभन्दा शक्तिशाली व्यक्ति उ हो, जसले आफूलाई नियन्त्रण गर्न सक्छ ।

७. जिन्दगी एकदमै सुन्दर छ यसलाई बेकारका कुराहरु र झगडामा बर्बाद नगर्नुहोस ।

८. दिर्घायुको लागि खान आधा गर्नुहोस, पानी दुईगुना बढाउनुहोस, हास्न चारगुणा बढाउनुहोस र भगवानको ध्यान सय गुणा गर्नुहोस ।

९. यदि आज कमाई भन्दा धेरै मेहनत गर्नुहुन्छ भने, धेरै छिटै मेहनत भन्दा धेरै कमाई गर्नुहुनेछ ।

१०. यदि तपाई क्रोधलाई एक पलको लागि धैर्य गर्न सक्नुहुन्छ भने तपाईं दुःखका सय दिन हरु बाट बच्न सक्नुहुन्छ ।

११. कठिनाइहरु यसैले आउँदछन, ताकि तपाईं दुई कदम अझै अगाडि बढ्न सक्नुहोस ।

१२. आफ्नो अस्तित्व र हकको लागि जरुर लड्नुहोस,चाहे तपाईं जतिसुकै कमजोर किन नहुनुहोस ।

१३. असम्झदार त्यो हैन जस्ले बाहिरको कुनै भगवान मान्दैनन असम्झदार त्यो हो जस्ले आफु भित्रको भगवान चिन्दैन्नन ।

१४. ईच्छाहरुलाई पकेटमा राखेर निस्कने गर्नुस महोदय ! खर्च धेरै हुन्छ लक्ष्य प्राप्त गर्नलाई ।

प्रतिक्रियाहरु

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!