यथार्थ लाइनहरु

याद राख्नुहोस, जे हुन्छ राम्रोको हुन्छ– सकारात्मक यथार्थ लाइनहरु

जीवन सधै समान बाटोमा हिड्दैन, यसमा आरोह अवरोहहरु हुन्छन, सुख अनि दुख हुन्छन, संघर्ष अनि सफलता हुन्छन । तर प्राय: मानिसहरुको निम्ति सफलताको उल्लास भन्दा संघर्षको चरण निकै लामो हुने गर्दछ । कठिनाइका ति यात्रामा पनि हौसला नगुमाई, सधै सकारात्मक सोच राखिराख्नको निम्ती केही हौसला प्रदान गर्न हामीले यहाँ केही सकारात्मक यथार्थ लाइनहरु प्रस्तुत गरेका छौ । अनि, यी लाइनहरुको अझै धेरै संकलन हाम्रो आफ्नै एप्लिकेशनमा पनि प्रकाशित गरेका छौ, सानो साइजको यो एप यहाँबाट डाउनलोड गर्न सक्नुहुन्छ ।

१. हरेक रोहिरहेको पलहरु मुस्कुराउने छन, तपाईं धैर्य गर्नुहोस आफ्नो समय पनि आउनेछ ।

२. यदि तपाई एक दिन आफैं प्रति गर्व महसुस गर्न चाहनुहुन्छ भने आज हार नमान्नुहोस ।

३. सफलताको सुत्र किताबमा होईन, मेहनतमा हुन्छ ।

४. तपाईं आफ्नै नजरमा सहि हुनु पर्दछ, दुनियाँ त भगवान सँग पनि दुःखी छ ।

५. मजबुत व्यक्तिलाई देखेर मान्छे सोच्छन कि यो किन कहिल्यै टुट्दैन तर मान्छेहरू यो जान्दैनन कि टुटी सकेपछि नै उ यति धेरै मजबुत बन्न सकेको हो ।

६. गर्न दिनुहोस जो तपाईलाई नराम्रो गर्दै हिँड्छन्, यस्तो साना-तिना हर्कत सानो सोच भएकाहरुले नै गर्दछन ।

७. बदलिनुहोस समय को साथसाथै वा समयलाई बदल्न सिक्नुहोस, बाध्यतालाई दोष नदिनु बरु हरहालतमा हिड्न सिक्नुहोस ।

८. हास्दै रहनुहोस, उदास हुनाले जिन्दगीको कुन चाहि समस्या समाधान हुन्छ र ।

९. हरेक दिन मेरो महत्वपुर्ण दिन हो, यदि यो सोचेर हरेक व्यक्ति कार्य गर्दछ भने उसलाई जीवनमा सफल हुन बाट ससैले रोक्न सक्दैन ।

१०. तपाईंको सबैभन्दा राम्रो शिक्षक, तपाईंको अन्तिम गल्ती हो ।

११. जो प्रयास गर्न जान्दैनन, उनलाई हरेक समस्या ठूलो लाग्दछ ।

१२. जिन्दगी कुहिरो जस्तो हुन्छ, जति तपाई हिड्दै जानुहुन्छ उत्ति नै बाटो देखिदै जान्छ ।

१३. हाम्रो समय पनि केही यसरी आउनेछ, घृणा गर्दछ जो उ पनि हामीलाई चाहने छ ।

१४. भगवान हरेक रूपमा तपाईंको मदत गर्न आउनुहुन्छ, उहाँलाई नखोज्नु सृप पहिचान गर्नु ।

१५. मेहनत, हिम्मत र लगनले हरेक सपनालाई सार्थक बनाइदिन्छ ।

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!