प्रेरक भनाइहरु व्यक्ति विशेष प्रेरक भनाइहरु

थोरोका सरल जीवन बाच्न सिकाउने १४ प्रेरक भाइहरु

हेनरी डेभिड थोरो प्रख्यात अमेरिकी निबन्धकार, कवि तथा दार्शनिक हुन । उनि त्यो समयका ट्रान्सेनडेन्टालिजमका अगुवा थिए, उनि आफ्नो पुस्तक वाल्डेनका निम्ति निकै चर्चित छन । उनले प्रकृतिको काखमा सरल जीवन यापनका पक्षमा सदैव लेखिरहे । उनि प्रकृतिलाई असाध्यै माया गर्दथे र अन्यायपूर्ण राज्यको विरोध गर्दथे । यहाँ हामीले उनै थोरोका केही उत्कृष्ट भनाइहरुको संकलन प्रस्तुत गर्दैछौं, यहाँले यो र यस्तै भनाइहरुको संग्रहको निम्ति हाम्रो एप यहाँबाट डाउनलो गर्न सक्नुहुनेछ ।

१. हामी भित्रको सुन्दरताले नै हाम्रो ओरीपरीको सुन्दरता चिन्न सहयोग पुर्याउदछ ।

२. आफ्नो जीवनलाई सरल बनाउ । जुन चिज आवश्यक छैन त्यसलाई पाउन वर्षौसम्म संघर्ष नगर । कसैको अधिनमा रहेर आफूलाई नबाध । आफ्ना आवश्यकता र चाहनाहरुलाई साधारण बनाउ र जे छ त्यसैमा रमाउ । विगतलाई सम्झेर, चिन्ता गरेर आफ्नो मनको शान्तिलाई तोड्ने काम नगर । आफ्नो वर्तमानमा बाच्ने गर । जीवनलाई सरल बनाउ ।

३. ढुक्कका साथ आफ्नो सपनाको बाटोतर्फ हिड । आफूले कल्पना गरेको जिन्दगि बाँच ।

४. मलाई प्रेम भन्दा पनि, पैसा भन्दा पनि, प्रख्याति भन्दा पनि, मलाई सत्य देउ ।

५. आफ्नोलागि सोच्नु अन्यथा अरुले तिम्रो बारेमा त सोच्नेछन तर तिम्रो पक्षमा सोच्नेछैनन् ।

६. म पप्रकृतिको सानिध्यमा गए, किनकि मैले बुझेर नै यो चाहना राखेको थिए ।

पुरानो कोट लगाउ, नयाँ पुस्तक किन ।

७. प्रश्न केलाई हेर्छौ भन्ने होइन, बरु के देख्छौ भन्ने हो ।

८. जसरी एउटा मात्र पैतालाको डामले बाटो बनाउन सकिदैन उसै गरी एक पटकको मात्र सोचाइले हाम्रो मस्तिष्कमा बाटो बनाउन सक्दैन । हामीले एउटा प्रष्ट देखिने बाटो बनाउनको लागि पटक पटक हिड्नु पर्दछ र उसैगरी हाम्रो मस्तिष्कमा बाटो बनाउन हामीले चाहको विचार पटक-पटक सोच्नु पर्दछ ।

९. कुनैपनि चिजको मूल्य यसको निम्ति तिमीले साटेको जीवनको भाग हो ।

१०. अवज्ञा स्वतन्त्रताको आधार हो । जसले आज्ञा पालन गर्दै हिड्छ उ नोकर बन्न पुग्छ ।

११. पुरानो कोट लगाउ, नयाँ पुस्तक किन ।

१२. हरेक ठूला रुखहरु पनि साना बिउबाटै सुरुवात भएका थिए ।

१३. सफलतामा तिमीले के प्राप्त गर्यौ होइन, तिमि कस्तो व्यक्ति बन्यौ भन्ने महत्वोपूर्ण हुन्छ ।

१४. यदि त्यो बाटोमा फेरी फर्कने योजना छैन भने विगतलाई नहेर ।

प्रतिक्रिया

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!