प्रेरक भनाइहरु व्यक्ति विशेष प्रेरक भनाइहरु

विलियम ब्लेकका १६ उत्कृष्ट भनाइहरु

विलियम ब्लेक प्रख्यात कवि तथा चित्रकार हुन । उनको जम्न बेलायतमा सन १७५७ मा भएको थियो । आफ्नो समयमा त्यति ख्याती कमाउन नसकेका उनि हाल आएर रोमान्टिक समयका एक महानतम साहित्यकारका रुपमा लिइन्छ । उनका संग्स अफ इन्नोसेंस र संग्स अफ एक्स्पेरियन्स निकै नै प्रख्यात छन । उनै ब्लेकका १४ उत्कृष्ट भनाइहरु हामी यहाँ प्रस्तुत गर्दैछौ;

१. यो ब्रह्माण्डमा जानिएका चिजहरु छन्, अनि यहि नै अन्जान/नाजानिएका कुराहरु पनि छन र यी दुवैको विचमा त्यहाँ ढोकाहरु छन् ।

२. आज जुन प्रमाणित भएका छन ति कुनै बेला कल्पना मात्र गरिएका थिए ।

३. या त आफ्नै नियम बनाउ, या अर्को मानिसको नियमको गुलाम बन ।

४. यदि धारणाको द्वार सफा हुने हो भने मानिसलाई सबैथोक त्यस्तो देखिनेछ छ जस्तो अनन्त छ

५. हामी तमाम विरोधाभाषलाई समाधान गर्दै बस्ने होइन कि त्यसैको साथ बाच्दै त्यो भन्दा माथि उठ्नको लागि हो ।

६. जसले चमत्कारमा विश्वास गर्दैनन्, यो पक्का छ कि उनीहरुको जीवनमा त्यस्ता चमत्कार घट्ने छैनन् ।

७. जब विश्वास भन्दा शंका बढी हुन्छ त्यहाँ प्रेम कमजोर हुन्छ, तर जब सबै शंकाका वावजुद पनि त्यहाँ प्रेम हुन्छ भने त्यो प्रेम सबैभन्दा बलियो हुन्छ । किनकि जब कतै प्रेम हुन्छ, त्यहाँ अनन्त हुन्छ ।

८. हामी जस्तो छौ, त्यस्तै देख्दछौ ।

९. कल्पना एउटा अवस्था होइन, यो त आफैमा एउटा मानवीय अस्तित्व हो ।

१०. तिमीले आफ्नो जन्म र अस्तित्वको सधै उत्सव मनाउनु पर्दछ ।

११. मानिसको चाहना उसको धारणामा सिमित हुन्छ, जे कुरा उसले सोच्न सक्दैन, त्यो कुरा उसले पाउन सक्दैन ।

१२. हामी पृथ्वी जस्तो सानो स्थानमा यसकार बसेका छौ कि भगवानले हामीलाई एक अर्कालाई मिलेर प्रेम गर्न सिकुन भनेर हो ।

१३. तिमीले जसरी देख्दछौ, तिमि त्यस्तै हुन पुग्दछौ । मान्छे त्यो हो, जे उसले देख्दछ ।

१४. ज्ञान भनेको हाम्रो जीवनको पखेटा हो ।

१५. तिनीहरु जसको व्यक्तित्वबाट कुनै प्रकाश निस्किदैन, उ तारा बन्न सक्दैन ।

१६. आफ्नै पखेटाले मात्र उड्न खोज्ने चरा धेरै माथिसम्म उड्न सक्दैन ।

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!