यथार्थ लाइनहरु

सम्मान नै नारीलाई दिनसकिने ठूलो उपहार हो- केही यथार्थ लाइनहरु

१. भाग्य लेख्ने तपाईंको हातमा छैन तर भाग्य बदल्ने कुरा त तपाईंको हातमै छ नि, किनकी जिन्दगी तपाईंको हो र यसमाथि हक पनि तपाईंको नै हुन्छ ।

२. जबसम्म तपाईं आफै सक्षम हुनुहुन्न तबसम्म अरुलाई सल्लाह नदिनुहोस ।

३. जो व्यक्ति तपाईंको खराब समयमा साथ दिदैनन, उसलाई तपाईंको राम्रो समयमा पनि साथ रहने कुनै हक छैन ।

४. आशा धेरै गर्नुभयो भने दिल पनि धेरै दुख्ने छ ।

५. बुढापाकाले भनेका छन कि साथ सबैलाई दिनुहोस्, तर साथमा कहिल्यै पनि स्वार्थ नराख्नुहोस ।

६. सजिलो त केही पनि छैन यस दुनियामा, एक सास लिनको लागि पनि पहिले एक सास छोड्नु पर्दछ ।

७. आधा अधुरा कुराहरु मन माथिनै बोझ हुन्छन यसैले कसैलाई भन्ने गर्नुहोस, कसैको सुन्ने गर्नुहोस ।

८. गल्ती जीवनको एक पन्ना हो तर सम्बन्ध पूरा किताब, यसैले आवश्यक पर्यो भने गल्तीको पन्ना च्यातिदिनु तर एक पन्नाको लागि पुरा किताबलाई कहिल्यै नगुमाउनु ।

९. शिर मात्र झुकाएर ईश्वर पाईदैन, ईश्वर पाउनको लागि त तपाईको मन झुक्न जरुरी हुन्छ ।

१०. नारीलाई दिने उपहारहरुमा सबै भन्दा ठुलो उपहार हो सम्मान ।

११. जब मनमा भ्रम, दिमागमा जिद्दीपन र बोलिमा प्रतिस्पर्धा आउछ तब जस्तोसुकै बलियो सम्बन्धले पनि दम तोड्ने गर्छ ।

१२. मानिसलाई रिस त्यतिबेला उठ्छ जतिबेला उस्को अहंकारलाई ठेस लाग्छ । र, उसको अहंकारलाई ठेस तब लाग्छ जब उसलाई आफ्नो हैसियत थाहा हुदैन ।

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!