यथार्थ लाइनहरु

एक वफादार मित्र हजार आफन्त भन्दा राम्रो हुन्छ- केही यथार्थ लईनहरु

१. जिन्दगीमा साह्रै निराश पनि नहुनुहोस किनकी एक न एक दिन सबैको राम्रो समय आउने गर्छ । बस आफुलाई त्यतिबेलासम्म सम्हालेर राख्नुहोस ।

२. आज भोलि कोहिपनि सत्य सुन्न चाहदैनन, किनकि सबै झुटो प्रसंशाको दुनियाँमा रमाउने बानिको शिकार बनेका छ्न ।

३. मान्छे दुखी दुई कारणले हुने गर्छ : पहिलो, अतीत को तितो संस्मरणलाई सम्झिरहनाले र दोस्रो, आउने भविष्य प्रती धेरै चिन्ता गर्नाले ।

४. यो सत्य हो कि दुखले पीडा दिन्छ तर यो पनि सत्य हो कि दुखले नै सुखको महत्व बुझाउने गर्छ ।

५. हामी यस्तो समाजमा बस्ने गर्छौं जहाँ सुन्दरतालाई रुपमा, ज्ञानलाई शिक्षामा र सम्मानलाई पैसा सँग तुलना गरिन्छ।

६. यदि तपाईंको सपना ठूलो छ भने संघर्ष कसरी सानो हुनसक्छ ?!

७. जसको समस्या पर्दा साथ निभाउने औकात हुँदैन उनीहरुले ठुलाठुला कुराहरु नगर्नु नै राम्रो हुन्छ ।

८. धेरै समस्याहरू को जवाफ यही हो— म आफ्नो ठाउँमा सहि छु र ऊ आफ्नो ठाउँमा सही छ ।

९. अनुभव भन्छ कि एक वफादार मित्र हजार आफन्तहरू भन्दा राम्रो हुन्छ ।

१०. सिक्न कहिले नछोड्नुहोस्, किनकी जिन्दगिले कहिल्यै सिकाउन छोड्दैन ।

११. जसरी रातले चन्दमालाई चम्कन सिकाउछ त्यसैगरि दुख र संघर्षले मान्छेलाई जिन्दगी बुझ्न सिकाउछ ।

१२. राम्रो व्यवहारको मूल्य सायद पैसामा नहोला तर एउटा राम्रो व्यवहारले करोडौं मान्छेहरुको मन किन्ने सामर्थ्य राख्द छ ।

१३. जिवनमा दुईवटा कुरा सधै याद राख्नु पर्छ— कसैले लगाएको गुन कहिले बिर्सनु हुदैन र आफुले गरेको गुन कहिले पनि सम्झनु हुदैन ।

१४. आफ्नो सफलता माथी यति घमण्ड पनि गर्नु हुदैन कि त्यो तपाईं माथी नै भारी परोस्, किनकी अक्सर ढुङ्गा पानीमा आफ्नै भारको कारणले नै गर्दा डुब्ने गर्छ।

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!