प्रेरक भनाइहरु विषय विशेष भनाइहरु

शिक्षक र शिक्षा- गुरु जयन्तिको निम्ति उत्कृष्ट भनाइहरु

गुरु पूर्णिमाको अवसरमा हामीले यहाँ केही संकलित उत्कृष्ट शिक्षक र शिक्षा सम्बन्धि भनाइहरु प्रस्तुत गर्दैछौ;

१. मलाई भन मैले विर्सनेछु, मलाई पढाउ मैले सम्झनेछु, मलाई सहभागी गराउ मैले सिक्नेछु । – सुन्जी

२. म शिक्षकलाई एउटा मैनबत्ती जस्तै मान्दछु, अरुको उज्यालोको निम्ति आफूलाई जलाइरहने । – मुस्ताफा

३. एक औसत शिक्षकले भन्दछ मात्र, राम्रो शिक्षकले वर्णन गर्दछ, उत्कृष्ट शिक्षकले प्रदशन गर्दछ र सर्वोत्कृष्ट शिक्षकले प्रेरित गर्दछ । – विलियम आर्थर वार्ड

शिक्षण एउटा यस्तो पेशा हो जसले बाकि सबै पेसालाई जन्म दिन्छ । – अज्ञात

४. शिक्षाले आत्मविश्वास जगाउदछ, आत्मविश्वासले आशा जगाउदछ र आशाले शान्ति ल्याउदछ । – कन्फ्युसियस

५. विद्यार्थीलाई सच्चाइदिनुले काम गर्ला तर उनिहरुलाई प्रोत्साहित गर्नाले धेरै काम गर्नेछ । – गोथे

६. एक महान शिक्षकले कहाँ हेर्ने भन्ने कुरा सिकाउदछन तर के देख्ने यो भने भन्दैनन् । – अलेक्जेन्डर ट्रेफोन

७. एक असल शिक्षकको प्रभाव कक्षाकोठा भन्दा पनि बाहिरसम्म हुन्छ, अझ विद्यार्थीको भविष्यसम्म । – एफ. सोइनिल जोस

८. बच्चालाई जसले जन्म दियो उसलाई भन्दा बढी जसले पढाउछ उसलाई सम्मान दिनु पर्दछ किनकि जन्म दिनेले जीवन मात्र दिन्छ तर पढाउनेले जीवन जिउने कला दिन्छ । – अरस्तु

९. शिक्षकले चक र चुनौतीको सन्तुलित मिश्रणले जीवनमा परिवर्तन ल्याउन सक्दछन । – जोयस मेयर

१०. विद्यार्थीलाई कसरी सोच्ने सिकाउनु पर्छ तर के सोच्ने भन्ने होइन । – मार्गरेट मिड

११. शिक्षण एउटा यस्तो पेशा हो जसले बाकि सबै पेशालाई जन्म दिन्छ । – अज्ञात

माथिको सामग्री यहाँलाई कस्तो लग्यो ? यस्तै सय बढी प्रेरक तथा मनछुने सामाग्रीहरुको निम्ति हाम्रो Safal Sansar एप्लिकेशन  यहाँबाटडाउनलोड गर्न सक्नुहुनेछ !

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!