प्रेरक भनाइहरु व्यक्ति विशेष प्रेरक भनाइहरु

सुविन भट्टराईका प्रेम र जीवनसम्बन्धि उत्कृष्ट १२ भनाइहरु

१२. सम्झनामा तिनैले बलियो घर बनाएका हुन्छन, जो वास्तविकतामा दूरदूरसम्म पनि कहिँ नजर आउदैनन ।

११. चिनी, दूध र चियापत्तीको मात्रा नमिले त् चिया मिठो हुन्न, जिन्दगि यस्सै मिठो कहाँ होस् ! धेरैथोक मिलाउन जान्नुपर्छ ।

१०. यात्रामा कोही आउन, नआउन, भ्याउन, नभ्याउन, कसैले चाहुन, नचाहुन, पत्याउन, नपत्याउन, यात्रा एक्लैले तय गर्नु छ । कसैको भर किन पर्नु छ र ? आफ्ना लागि आफैले गर्नु छ । अधिकाश खोलाहरु एक्लै तर्नुछ । धेरै पहाडहरु एक्लै चढ्नु छ ।

९. मान्छेलाई साथी त्यो बेला चाहिन्छ, जुनबेला उ भनिरहेको हुन्छ, ‘यार म एक्लै ठिक छु !’

धाएर ओठसम्म आइपुग्दैन, मुस्कान आफैंभित्रबाट बाहिर ल्याउन सक्नुपर्छ ।

८. हरेक मानिस आफ्नै दिनको सूर्योदय पनि हो र सूर्यास्त पनि हो, एक्लै झुल्कन्छ, एक्लै अस्ताउछ ।

७. हामी जिन्दगीलाई जति सिरियस्ली लिन्छौँ, जिन्दगी उति नै गहिरिएर हाम्रो मजाक उडाउँछ !

६. अलिकति छल्ने कुरा हुन्छन्, अलिकति जल्ने कुरा हुन्छन् बजार हो साथी, जे जे हुन्छन् चल्ने कुरा हुन्छन् ।

५. म तिमीलाई यस कारणले प्रेम गर्छु किनकि म आफुपनि तिमीबाट त्यत्तिकै प्रेम गरिन चाहन्छु ।

४. नभनोस् कसैले कि मैले केही बनाउन जानेको छैन । पटकपटक भत्किएतापनि मैले थुप्रैपटक सपनाको घर बनाएको छु ।

३. हुन त दुवै जित्नु नै हो । तरपनि कसैलाई आफ्नो बनाएर उसको मन जित्नुभन्दा कसैको मन जितेर उसलाई आफ्नो बनाउनुमा ज्यादा मजा हुन्छ ।

२. धाएर ओठसम्म आइपुग्दैन, मुस्कान आफैंभित्रबाट बाहिर ल्याउन सक्नुपर्छ ।

१. देख्यौ ? सब खतम ! तिमीसित सरोकार राख्ने सबै चीज जलाइदिएँ, साया । अब एउटा चीज बाँकी छ, त्यो म आफैं । के म आफैंलाई जलाऊँ ?’

प्रेरक भिडियोहरुको संग्रह भएको के तपाइले हाम्रो आधिकारीक YouTube च्यानल Subscribe गर्नुभएको छ त ? छैन भने अहिल्यै यहाँ क्लिक गरेर गर्नुस न है !

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!