यथार्थ लाइनहरु

घमण्ड जसमा कम हुन्छ महत्व उसैको बढी हुन्छ- केही यथार्थ लाइनहरु

१. बाँच्छन सबै तर कोहि सबैकुरा पाएर पनि दुखी रहन्छ कोहि धेरै अभावहरुको बाबजुद पनि खुशी रहन्छ ।

२. साफ-साफ बोल्नेहरु कडा पक्कै हुन्छ तर धोकेवाज हुदैन ।

३. यदि तपाइको खुट्टामा जुत्ता छैन भने अफसोस नगर्नुस, किनकी दुनियाँमा यस्तो पनि मान्छे छन जसको खुट्टा नै छैन ।

४. धनी त म पनि थिए , तर सम्पत्ती सिर्फ दिलको थियो, खर्च पनि धेरै गरे ए साथी , तर दुनियाँमा गन्ती सिर्फ नोटको थियो ।

५. यदि आँखामा सुन्दरता छ भने तपाइलाई दुनियाँ राम्रो लाग्छ, यदि तपाइको बोल्ने जिब्रो सहि छ भने तपाई दुनियाँलाई राम्रो लाग्नुहुन्छ ।

६. मृत्यु सित के डराउनु “मिनेट” को खेल हो, “आफन्त” त जिन्दगी हो , “वर्षौसम्म” चल्ने गर्छ ।

७. जिन्दगी यसरी जिउनुस कि कोहि हाँस्छन भने हाम्रो कारणले हाँसोस, हामी माथी होइन, र कोहि रोयो भने हाम्रो लागि रोओस, हाम्रो कारणले होइन ।

८. जमाना पनि अजिबको छ, यसले असफल मान्छेहरुको मजाक उडाउछ र सफल मान्छेहरुसित जल्ने गर्छ ।

९. मौका सबैलाई आउँछ, समय सबैको आउँछ, कसैले चाल चल्दछ भने कसैले सहन्छ ।

१०. घमण्ड जसमा कम हुन्छ महत्व उसैको बढी हुने गर्दछ ।

११. कपडा जतिसुकै महगो होस घटिया चरीत्रलाई लुकाउन सक्दैन ।

१२. ठक्कर यसकारणले लाग्दैन कि मान्छे लडोस , ठक्कर यसकारणले लाग्छ कि मान्छे सम्हालियोस ।

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!