यथार्थ लाइनहरु

केही यथार्थ लाइनहरु – संग्रह दश

हामीले मनछुने यथार्थलानहरुको संग्रह प्रकाशित गर्ने गरेका छौ; सोही क्रममा आज हामीले ‘केही यथार्थ लाइनहरु’ दशौ संकलन यहाँ प्रस्तुत गर्दैछौ । आशा गर्दछौं यी लाइनहरुले यहाँको जीवनमा सकारात्मक परिवर्तन ल्याउनको निम्ति महत्वपूर्ण टेवा प्रदान गर्नेछ ।

१. सत्यको बाटोमा हिड्ने व्यक्तिले दुइ गल्ती गर्न सक्छ, १) पुरै बाटो तय नगर्नु, २) सुरुवातनै नगर्नु

२. यदि तपाईले कसैको लागि दियो बाल्नुभयो भने त्यसले तपाईको मार्ग पनि उज्यालो पार्नेछ ।

३. लक्ष्य सम्म पुग्नुभन्दा धेरै महत्वपूर्ण यात्रा राम्रो संग तय गर्नु हो ।

४. सबथोक पाएर दुखि हुनुभन्दा सबैथोक गुमाएर खुशी हुनु महान कुरा हो ।

५. यो दुनिया जसले जस्तो देख्न चाहन्छ, त्यस्तै छ । कसैले गुलाबमा काडा देख्छ त कसैले काँडामा गुलाब ।

६. झारपात जस्ता मान्छे जीवनबाट उखालेर फालिदिनुस । तबमात्र तपाइको साथी सर्कलले भरिएको बंगैचा सुन्दर देखिन्छ ।

७. गल्ती गर्नु मानविय कर्म हो र क्षमा गर्नु इश्वरिय कर्म ।

८. लडाइमा कुकुरको आकारले कुनै महत्व राख्दैन, महत्व त लड्ने क्षमताले राख्दछ ।

९. यदि तपाई सत्य बोल्नुहुन्छ भने तपाईलाई कुनै पनि कुरा याद राख्नुपर्नेछैन ।

१०. केहि गुम्यो भनेर दुखि नबन, जे गुम्यो त्यो कुनै न कुनै रुपमा तिम्रो जीवनमा फेरी फर्केर आउछ ।

११. तिमी ठुलो आवाज मार्फत होइन, शब्दहरु मार्फत बोल किनकि फूलहरु फुल्ने पानीको कारणले हो, मेघ गर्जनले होइन ।

१२. तिमी पखेटा लिएर जन्मेका छौ, किन आफ्नो त्यो क्षमतालाई प्रयोग नगरेर बामे सर्न खोज्छौ ।

 

जानकारी: अब हाम्रा सबै सामग्रीहरु यहाँले हाम्रो आधिकारीक एप मार्फत पनि पढ्न सक्नुहुनेछ; डाउनलोड गर्नको निम्ति यहाँ क्लिक गर्नुहोस् !

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!