यथार्थ लाइनहरु

केही यथार्थ लाइनहरु- संग्रह एघार

पछिल्ला केही दिनदेखि निरन्तर हामीले मनछुने यथार्थ लानहरुको संग्रह प्रकाशित गर्ने गरेका छौ र यहाँले मन पराउदै आउनुभएकोले हामीलाई थप उत्साहित बनाएको छ । सोही क्रममा आज हामीले ‘केही यथार्थ लाइनहरु’ एघारौ संकलन यहाँ प्रस्तुत गर्दैछौ । आशा गर्दछौं यी लाइनहरुले यहाँको जीवनमा सकारात्मक परिवर्तन ल्याउनको निम्ति महत्वपूर्ण टेवा प्रदान गर्नेछ ।

१. दुइ व्यक्ति कहिँले पनि सन्तुष्ट हुन सक्दैनन्, एउटा प्रेमी र अर्को ज्ञान खोज्ने व्यक्ति ।

२. दुनियाले तिम्रो कुरा काट्छन् भने चिन्ता नगर किनकि मान्छेहरु त्यहि बोटमा ढुंगा हान्ने गर्दछन, जुन बोटमा फल लाग्ने गर्दछ ।

३. मलाई थाह छ, तिमी थाकेको छौ, तर चिन्ता नगर, त्यहि नै तिम्रो सपनासम्म पुग्ने बाटो हो ।

४. सच्चा प्रेम खोजेर कतै भेटिन्न, यसलाई त बनाउनु पर्दछ ।

५. हामी आज जे छौ त्यो आजसम्म हामीले जे सोचेका थियौ त्यसैको परिणाम हो ।

६. यदि कोहि व्यक्ति असल सोचका साथ बोल्छन र काम गर्छन भने, उसको छायाले जस्तै खुसीले उसको साथ कहिले छोड्दैन ।

७. जीवन पाउनु भाग्यको कुरा हो, मृत्यु हुनु समयको कुरा हो तर मृत्यु पछी पनि मान्छेको मनमा जीवित रहनु त्यो तिम्रो असल कर्मको कुरा हो ।

८. बच्चालाई धनि बनाउन नपढाउ, उनीहरुलाई खुसी बनाउन पढाउ ताकी जब उनीहरु जवान हुनेछन तब उनीहरुलाई वस्तुको मूल्य होइन, महत्व थाहा होस् ।

९. नदीमा हाम्फाल्दैमा कसैको मृत्यु हुदैन, मृत्यु त तब हुन्छ जब पौडिन आउदैन । त्यसैगरी परिस्थति कहिल्यै पनि समस्या बन्दैन, समस्या त तब बन्छ जब हामीलिई परिस्थिति संग लड्न आउदैन ।

१०. धेरै कुरा त बुझेको छैन जिन्दगीको बारेमा, तर सत्य यो होकि अरुको दिल दुखाएर आफू मान्छे कहिल्यै खुशी अनि सुखी रहन सक्दैन ।

११. प्रेम के हो त्यो आमाले दिने माया बाट थाहा हुन्छ यदि साच्चिकै तिमिले महिलालाई सम्मान गर्छौ भने ।

१२. मुस्कुराउनु पनि एउटा कला हो, जसले देख्नेलाइ उ सारै खुशी छ भन्ने आभास दिलाउछ ।

जानकारी; यहाँले हाम्रा सम्पूर्ण मनछुने लाइनहरुका संग्रहहरु हाम्रो आधिकारीक एप मार्फत पढ्न सक्नुहुनेछ; डाउनलोड गर्नको निम्ति यहाँ क्लिक गर्नुहोस् !

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!