प्रेरक भनाइहरु विषय विशेष भनाइहरु

कसरी सुमधुर सम्बन्ध कायम गर्ने ? – केही भनाइहरु

हामीमध्य हरेक एक सुमधुर सम्बन्ध कायम गर्न चाहन्छौं चाहे त्यो श्रीमान श्रीमती बीच होस् वा विवाह इतरको सम्बन्ध । जब सम्बन्ध सुमधुर चलिरहेको हुन्छ तब एक अर्कामा प्रेम उस्तैगरी फैलिरहेको हुन्छ तर जब सम्बन्धमा दरार आउँन सुरु गर्छ यो पूर्णिमा पछिको चन्द्रमा जस्तै हरेक दिन घट्दै जाने गर्दछ र के थाहा सम्बन्धमा औशीको झैँ अध्यारो छाउन पनि सक्छ यसर्थ यहाँ हामीले सम्बन्धलाई बरकरार राख्न केही महानतम व्यक्तिका सुझावहरुहरु भनाइका रुपमा राख्दैछौ; अन्तिमसम्म पढ्न नछुटाउनु होला !

१. उत्कृष्ट सम्बन्धको निम्ति; आफ्नो मिल्ने साथिसँग झैँ बोल्नु, बच्चा झैँ खेल्नु, श्रीमान-श्रीमती झैँ झगडा गर्नु, र दाजु-बहिनिको जस्तै गरी एक अर्काको रक्षा गर्नु । – अज्ञात

२. उत्तम सम्बन्ध भनेको राम्रो समयमा खुसी बाढ्नु मात्र होइन, बल्कि खराव समयमा साथ दिनु पनि हो ।

३. सम्बन्धको एउटा नियम छ; तिम्रो आफ्नो साथिलाई कहिल्यै पनि एक्लो महशुस नगराउनु जब तिमि साथमा हुन्छौ ।

४. सबै सम्बन्धहरु कुनै न कुनै कठिनाइबाट गुज्रन्छ नै तर असल सम्बन्धले मात्र त्यो कठिनाइको मार्ग पार गर्न सक्छ ।

५. एउटा असल मित्र त्यो हो जो सबै दुनियाले साथ छोडेको बेलामा उसको आगमन हुन्छ ।

६. यो ख्याल राख्नु कि असल सम्बन्ध त्यो हो जहाँ एक अर्काको आवश्यकता भन्दा एक अर्काको प्रेमले जित्न थाल्छ । – दलाइ लामा

७. जब तिमीले अरुको कमजोरी मात्र देख्न छोड्छौ तब बल्ल उसलाई प्रेम गर्न सक्छौ । – डोनाल्ड मिलर

८. सम्बन्धमा माफी दिनुले विगतलाई बदल्न त सक्दैन तर आउने भविष्यलाई भने पक्कै बदल्न सक्दछ । – पाउल बुस

९. कुनैपनि सम्बन्ध तब मात्र दिगो हुन्छ जुन सम्बन्धबाट तिमीले केही लिन मात्र खोज्दैनौ बरु दिन चाहन्छौं । – टोनी रोबिन्स

१०. सम्बन्धमा मैले तिन चिजहरु चाहन्छु; आँखाहरु जुन रुने छैनन्, ओठहरु जसले झुट बोल्ने छैनन्, अनि प्रेम जुन कहिल्यै मर्ने छैन । – विज खालिफा

११. जब सम्बन्धमा इमान्दारीता हुन्छ त्यो सम्बन्ध सुमधुर रहन्छ । – मदनकृष्ण श्रेष्ठ

१२. अनुमान र शंका भनेका सम्बन्धलाई भित्रभित्रै खोक्रो बनाइदिने धमिराहरु हुन् । – हेनरी विन्कलर

१३. सम्बन्धमा एक-अर्कालाई थुनेर नराख, छायाँमा रहेर कुनै पनि व्यक्ति जीवनमा अगाडी बढ्न सक्दैन । – लिओ बुस्कालिया

१४. बरु हृदय घात होस तर हृदयमा रहेकाहरुबाट घात नहोस ।

प्रतिक्रिया

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!