प्रेरक भनाइहरु लोकप्रिय भनाइहरु

जीवनमा हार मान्नु अघि यी १८ भनाइहरु पढ्नुहोस !

१. मेरो पिडा कसैको हासोको कारण बनोस तर मेरो हासो कसैको पिडाको कारण कहिल्यै नबनोस । – चार्ली च्याप्लिन

२. तिम्रो अनुमतिविना कसैले तिमीलाई निच देखाउन सक्दैनन् । – एलेनोर रुजवेल्ट

३. विगतलाई हेरेर पछुताउन भन्दा बरु भविष्यलाई हेरेर तयारी गर्नु उत्तम हुन्छ । – ज्याकी जोयनर-केरेसी

ताकत बलियो शरीर बाट आउने होइन, यो दबाउन नसकिने इच्छाशक्तिबाट आउने हो । – महात्मा गान्धी

४. तिमि जित्नको लागि जन्मेको हो, तर जित्नको निम्ति तिमीले जितको योजना बनाउनु पर्नेछ, जितको निम्ति तयार रहनु पर्नेछ अनि जित्छु भन्ने अपेक्षा राख्नु पर्दछ । – जिग जिग्लर

५. आफ्नो सपनालाई जीवन्त राख्नुहोस । यो बुझुनुहोस कि कुनैपनि कुरा प्राप्त गर्नको निम्ति भरोसा, आफू प्रतिको विश्वास, भिजन, कडा मेहेनत, संकल्प र लगावको आवश्यकता पर्दछ । र, ख्याल राख्नुहोस, जसमा विश्वास छ उसले यी सबै सम्भव छ । – गेल डेभेर्स

६. एउटा स्पर्शको शक्ति, एउटा मुस्कान, एउटा दयालु शब्द, एउटा सुनिदिने कान, एउटा इमान्दार प्रशंसा, हेरचाहको एउटा सानो कार्य आदि कुरालाई हामीले सामान्यरुपमा लिने गर्दछौ तर यिनमा नै जीवनलाई बदलिदिने ताकत हुन्छन । – लियो बुस्कालिया

७. आज तिमीले के गर्छौं त्यसले तिम्रो भोलीलाई बदलीदिनेछ । – राल्फ मार्स्टन

८. कहिल्यै पनि एउटा हारलाई अन्तिम हारको रुपमा लिने नगर्नु । – एफ स्कट फिट्जराल्ड

९. जुन मानिसले हार मान्दैन त्यो मानिसलाई तिमीले हराउन सक्दैनौ । – वेब रुथ

१०. पहाडको उचाईमा भएको त्यो व्यक्ति फुत्त त्यहाँ खसेको होइन । – भिन्स लोम्बार्डी

११. के सम्भव छ र के मुनासिव छ भनेर मात्र तिमीले आफ्नो रोजाई छनौट गर्छौं भने तिमीले वास्तवमा के चाहेको हो सो कुरादेखि आफूलाई विच्छेद गर्न पुग्छौ, र बाकि जे रहन्छ त्यो सम्झौता मात्र हुनेछ । – रोबर्ट फ्रीत्ज

१२. ताकत बलियो शरीर बाट आउने होइन, यो दबाउन नसकिने इच्छाशक्तिबाट आउने हो । – महात्मा गान्धी

१३. सब्बै बहानाहरुलाई पाखा लगाएर यो सोच कि तिमि सक्षम छौ । – जिग जिग्लर

१४. जिन्दगिको सुरुवात तिम्रो आरामको घेरा भन्दा बाहिरबाट सुरु हुन्छ । – डोनाल वाल्सन

१५. भविष्यको बारेमा एउटा राम्रो कुरा के हो भने यो एक दिनमा एक पटक गरेर आउछ । – अब्राहम लिंकन

१६. हामी त्यहि हौ जुन हामी बारम्बार गर्दछौ, क्षमता भनेको काम होइन बानि हो । – विल डुरान्ट

१७. तिमीसंग के छ, तिमि को हौ, कहाँ छौ र के गरिरहेका छौ भन्ने कुराले तिमीलाई खुसी वा बेखुसी बनाउने होइन, खुसी वा बेखुसी बनाउने त यो प्रति तिमीले के सोच्छौ भन्नेले हो ।

१८. जब कुनैपनि कुरा असम्भव लागेर हार मान्न थाल्नुहुन्छ भने बुझ्नुहोस कि तपाई जितको नजिक हुनुहुन्छ । – टोनी रोविन्स

प्रतिक्रिया

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!