प्रेरक भनाइहरु व्यक्ति विशेष प्रेरक भनाइहरु

ड्वेन जोन्सन ‘द रक’ का १४ उर्जाशील भनाइहरु

१. सबै सफलताहरू आत्म-अनुशासनको साथ शुरू हुन्छन। यो तपाईं संग शुरू हुन्छ।

२. आफ्ना लक्ष्यहरूको बारेमा महत्वाकांक्षी हुन नडराउनुहोस र आफ्नो मेहनत कहिल्यै नारोक्नुहोस, न त तपाईको सपनाहरुलाई नै ।

३. तपाईंलाई अरूले देखाएको बाटोको आवश्यकता पर्दैन. आफैले आफ्नो बाटो औंल्याउनुहोस र जानुहोस ।

४. म हिजोको कठिन समयलाई आजको मेरो प्रेरणाको रुपमा लिन्छु ।

५. हो सधै राम्रो र दयालु हुनु सजिलो छैन तर दयालु हुनु, मेरो विचारमा महत्त्वपूर्ण छ ।

६. तपाईंले पूरा गर्न सक्नुहुने सब भन्दा महत्त्वपूर्ण चीजहरू मध्ये एक तपाईं आफु हुनु हो ।

७. तपाईंको लक्ष्य प्राप्त गर्नको निम्ति पहिलो चरण भनेको तपाईंको लक्ष्यलाई आदर गर्न केहि समय लिनु हो। तपाइँले यसलाई प्राप्त गर्नुको मतलब के हो भनेर जान्नुहोस्।

८. एउटा पर्खाल, हो यसैको अर्को पट्टि छ तपाइको सफलता । न त तीमि यसलाई नाघ्न सक्छौ न त यसको छेउबाट जान सक्छौ तर तिमीलाई थाहा हुनु आवश्यक छ कि यो पर्खाललाई कसरी पार गर्ने ।

९. कडा परिश्रमको विकल्प छैन। सँधै नम्र र भोको हुनुहोस्।

१०. दृढ संकल्प लिएर उठ्नुहोस र सन्तुष्ट मन लिएर बिस्तरमा जानुहोस्।

११. जब जिन्दगिले तिमीलाई कठिन समय दिन्छ भने यो नभन्नुहोस कि ‘मलाईमात्र किन ?’ बरु यो भन्नुहोस् कि ‘मेरो अझै परिक्षा लिनुहोस् !’

१२. दृढ संकल्प र केही प्रतिभाको साथ तपाइले एउटा सिंगो पहाड हल्लाउन सक्नुहुन्छ ।

१३. १९९५ मा मेरो पाकेटमा मात्र ७ डलर थियो र मलाई दुइ कुरा याद थियो; हो अहिले म अत्यन्त कंगाल भएको छु तर म यो अवस्था चिरेर छोड्नेछु ।

१४. पाँच वर्ष अघिको सोच्नुहोस्, तपाई आजस कहाँ आइपुग्नुभयो र आउदो पाँच वर्षको निम्ति सोच्नुहोस र कहाँ पुग्न चाहनुहुन्छ निर्धारण गर्नुहोस् ।

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!