यथार्थ लाइनहरु

केही यथार्थ लाइनहरु – संग्रह पन्ध्र

हामीले मनछुने यथार्थ लानहरुको संग्रह प्रकाशित गर्ने गरेका छौ; सोही क्रममा आज हामीले ‘केही यथार्थ लाइनहरु’ पन्ध्रौ संकलन यहाँ प्रस्तुत गर्दैछौ । आशा गर्दछौं यी लाइनहरुले यहाँको जीवनमा सकारात्मक परिवर्तन ल्याउनको निम्ति महत्वपूर्ण टेवा प्रदान गर्नेछ ।

१. जसले तिम्रो मौनतालाई बुझ्न सक्दैनन् उनीहरुले कहिल्यै पनि तिम्रो आवाजलाई बुझ्न सक्नेछैनन् ।

२. जुन कुरा बितीसक्यो त्यसलाई तिमीले परिवर्तन गर्न सक्दैनौ, यसैले यसको बारेमा सोचेर आफ्नो समय खेर नफाल ! अघि बढ यसबाट पार पाउ ।

३. तिमीले सक्दो राम्रो गर र बदलामा केही पाउने आशा नगर, यसो गरेमा तिमि कहिल्यै पनि निराश हुनुपर्ने अवस्था आउने छैन ।

४. राम्रोको निम्त आशा गर तर खराब दिनको लागि पनि तयार भएर बस अनि बदलामा जे-जस्तो दिन आउछ त्यसलाई स्वीकार गर्न सिक ।

५. तिमि जिन्दगिमा केही बन्न चाहन्छौं भने सबैभन्दा पहिले आफूलाई विश्वास गर्न सिक ।

६. जिन्दगिमा अगाडी बढ्नु छ भने दोस्रोको साहारमा मात्र भर नपर्नुहोस्, किनकि आफ्नै छायाले त अध्यारोमा साथ छोड्ने गर्दछ ।

७. जब तिमीले पिडा अनि दर्द भोगीसकेका छौ भने अब किन हरेश खाने ? बरु यहि दर्दको सागरबाट मोती निकाल्न सक ।

८. गन्तव्यमा पुग्ने आशा कहिल्यै नछोड्नुहोस्, किनभने अक्सर सूर्य अस्ताएपछि नै फेरि विहानी हुने गर्छ ।

९. सफल हुनको लागि राम्रा साथीहरु चाहिन्छ र धेरै सफल हुनको लागि भने राम्रा शत्रुहरूको आवश्यकता हुन्छ ।

१०. विगतको सिकाई, भविष्यको सम्झना अनि वर्तमानको कर्मले तिमीलाई सफल बनाउछ ।

११. जति ठूलो सपना हुन्छ त्यतिनै ठूलो पीडा पनि हुन्छ, र जति ठूलो पीडा हुन्छ त्यतिनै ठूलो सफलता पनि मिल्छ ।

१२. महान व्यक्ति त्यो हाेइन जाे खुसिमा हासाे थपि दिन्छ, महान व्यक्ति त्यो हाे जो दुखमा पनि खुसिकाे आभाष गराइदिन्छ ।

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!