यथार्थ लाइनहरु

केही यथार्थ लाइनहरु – संग्रह सोह्र

जीवनका भिविन्न आयामहरुलाई सम्बोधन गर्ने गरी हामीले केही समय देखि निरन्तर यथार्थ मनछुने लाइनहरुको संकलन खण्डगत रुपमा प्रस्तुत गर्दै गइरहेका छौ; सोही अनुरुप आज पनि हामीले यसै शृंखलाको सोह्रौ संग्रह यहाँहरु समक्ष प्रस्तुत गर्दै छु; आशा गर्दछौ यो खण्डले पनि यहाँहरुको मन उति नै छुन सफल रहनेछ । साथै हाम्रा यस्तै भनाइहरुको वृहत संकलनको निम्ति हाम्रो आधिकारीक एप डाउनलोड गर्न सक्नुहुनेछ, डाउनलोड गर्न यहाँ क्लीक गर्नुहोला !

१. एउटा सफल मान्छे सधै केहि न केहि पाउने आशमा अगाडी बढ्ने गर्छ तर एउटा असफल मान्छे सधै कसै न कसैलाई पराजित गर्ने सोचमा अगाडी बढ्छ, त्यसैले सहि मान्छे सफल हुदै जान्छ र गलत मान्छे पतन हुदै जान्छ ।

२. मान्छे भित्र लुकेको एउटा स्वभाव छ, प्राय सबै मान्छेहरुले भन्ने गर्छन् कि तपाइँ राम्रो गर्नुस तर भित्र यो पनि चाहन्छन कि राम्रो त गरोस तर म भन्दा राम्रो चाहि नगरोस ।

३. सबै खेल तपाईको आफ्नै मनको हो किनकि मनले माने हार हुन्छ र त्यहि मनले ठाने जित हुन्छ, त्यसैले कसैको पाउ मोलेर सफल हुनुभन्दा आफैले अठोट गरेर केहि बन्ने कोशिस गर्नुस ।

४. जुन प्रेममा बारम्बार आफु सहि भएको प्रमाण दिनुपर्छ, त्यो प्रेमले कहिले पनि प्रेमको रुप लिन पाउदैन किनकि प्रेम प्रमाणले होइन एक अर्काको सम्मानले टिक्ने गर्छ ।

५.  एउटा कुरा सधै ख्याल गर्नुस कि स्वार्थले बनाइएको सम्बन्ध चाहे लाख कोशिस गर्नुस तर त्यो सम्बन्ध जोडिदैन तर प्रेमले बनाइएको सम्बन्ध चाहे लाख कोशिस गर्नुस तर त्यो सम्बन्ध तोदिदैन ।

६. यो सोच नराख्नुहोस् कि म हिड्ने बाटो सधै राम्रो होस्, सोच यो राख्नुस कि मैले जहाँ पाईला राखु त्यो बाटो नै राम्रो बनोस किनकि तपाईको सोचले नै तपाईको कर्मलाई परिवर्तन गर्ने गर्छ ।

७. जुन कुराले तपाईलाई च्यालेन्ज गर्छ त्यहि कुराले तपाईलाई चेन्ज पनि गर्न सक्छ त्यसैले सधै जिन्दगीमा सजिलो काम र सजिलो उपाय मात्र खोज्ने नगर्नुस, नत्र एकदिन तपाइको अस्तित्वनै मेटिएर जान सक्छ ।

८. बुद्धिमान मानिस कयौंपटक उत्तर हुँदाहुँदै पनि पछि फर्केर बोल्दैनन् , किनकि कयौंपटक सम्बन्धलाई जिवित राख्नको लागि मौन भएर हार्न जरुरी हुन्छ ।

९. तपाईका कोहि सत्रु छन् भने खुसि हुनुस किन ? किनाकि सत्रु तब हुन्छन जब उनीहरुलाई लाग्छ कि तपाई उनीहरुभन्दा महान हुनुहुन्छ ।

१०. पढेको मान्छेले भन्दा पनि जिन्दगीसँग लडेको मान्छेले धेरै कुरा सिकेको हुन्छन र सिकाउछन पनि ।

११.  भाग्यमानी त्यो होइन जसलाई सधै राम्रो कुरा मात्र मिल्छ, बरु भाग्यमानी त्यो हो जसले जे पायो त्यसलाई सदैव राम्रो बनाउछ ।

१२. समय र परिस्थिले मान्छेलाई परिवर्तन गराउने, न हिटलर जन्मजात हिटलर थियो न रावणनै जन्मजात रावण थियो ।

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!