यथार्थ लाइनहरु

केही यथार्थ लाइनहरु– संग्रह सत्र

जीवनको यात्रा सधै कहाँ एकनासको हुन्छ र, कहिले उकाली, कहीले ओह्राली कहिलेकाही समथर मैदानको यात्रा । जीवन यात्रा न हो, हिड्ने मान्छेहरुले चर्को घाम पनि सहनु पर्छ, चट्याङ्ग सहितको झरी पनि सहनु पर्छ । कहिले समयले ठग्छ, कहिले नियतिले ठग्छ कहिले भाग्यले ठग्छ र पनि अघि त बढ्नु नै पर्छ । मन बहलाउनको निम्ति यहाँ हामीले केही जीवन, प्रेम र यथार्थ सम्बन्धी लाइनहरु संकलन गरेका छौ; आशा गर्दछौ अवश्य मन पर्नेछ । अनि, यस्तै भनाइहरु नियमति पढीरहन चाहनुहुन्छ भने हाम्रो एप पनि डाउनलोड गर्न सक्नुहुनेछ, डाउनलोड गर्न यो प्ले स्टोर लिंकमा क्लिक गर्नुहोला !

१. ऐना सामु उभिएर आफैसँग माफी मागे मैले, सबैभन्दा धेरै आफ्नै मन दुखाएको रहेछु, अरुलाई खुशी पार्नको लागि ।

२. कुनै कुनै चाहना त यस्ता पनि हुन्छन् कि जुन असम्भव भन्ने थाहा हुदाहुदै पनि पछ्याईरहन मन लाग्छ ।

३. प्रश्न त मैले जिन्दगीलाई सोधेको थिए, तर समयले बिस्तारै जवाफ दिदैछ ।

४. म यस्तो भिडमा छु जहाँ म एक्लै छु ।

५. म सँग समयले एकदिन भन्यो, तिमी ठिक छौ, खराब त म आफै चलिरहेछु ।

६. जसको मन सफा हुन्छ, प्राय उसैको भाग्य खराब हुन्छ ।

७. कहा छ र दुनियाँ विश्वासिलो, जो पनि झुठो नै बोलेर साचो बन्न खोज्छन ।

८. दुनियाँमा सोचे जस्तो न त मान्छे हुन्छ न त सोचे जस्तो जिन्दगी ।

९. लड्नु पर्दैन, सिर्फ लडिएको जस्तो गर्नुस्, उठाउँने हातहरु भन्दा मुस्कुराएर रमिता हेर्ने भीड मात्र भेट्नुहुनेछ ।

१०. जवानी भन्दा सुन्दर त बालापन थियो, जहाँ दुखाइ त्यहि रुवाइ थियो, आजकल त रुनको लागि पनि एकान्त खोज्दै हिड्नु पर्दछ ।

११. कहिल्यै पनि नसकिदो रहेछ मन भित्रको पिर व्यथाहरु, सुन्नेलाई त लाग्छ होला एउटा उपन्यासका कथाहरु ।

१२. जुनकिरीको के अर्थ यहाँ जुन पाएपछि, चाँदी कसले लगाउछ र यहाँ सुन पाएपछि ।

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!