यथार्थ लाइनहरु

केही यथार्थ लाइनहरु – संग्रह विस

यथार्थ लाइनहरुको विसौ संग्रहमा हामीले यहाँहरु समक्ष सफलता र संघर्ष र सो प्रतिको आफ्नो अभिव्यक्ति सम्ब्नाधि केही लाइनहरुको संकलन लिएर आएका छौ; आशा गर्दछौ यी लाइनहरुले यहाँको मन छुन अवश्य सफल रहनेछ;

१. यदि तपाई भित्रको मान्छेले तपाईमाथी विश्वास गर्छ भने बाहिरको मान्छेले तपाईको सफलतालाई रोक्न सक्दैन ।

२. जीवनमा दुई प्रकारका मान्छेहरु असफल हुन्छन- एउटा जो सोच्छन तर गर्दैनन र अर्को जो गर्नु भन्दा पहिले सोच्दैनन ।

३. जसलाई सपना देख्ने उर्जा छ उसलाई रात छोटो लाग्छ र जसलाई सपना पुरा गर्ने उर्जा छ उसलाई दिन छोटो लाग्छ ।

४. वृद्ध मान्छे विगतमा बच्ने गर्छ त्यसैले ऊ दुखी हुने गर्छ । जवान मान्छे भविष्यमा बाच्ने गर्छ त्यसैले ऊ तनावमा हुने गर्छ । तर एउटा बच्चा सधै वर्तमानमा बाच्ने गर्छ त्यसैले त ऊ सधै खुशी हुने गर्छ ।

५. मान्छेले घर बदल्छ, सम्बन्ध बदल्छ, साथीलाई बदल्छ तर पनि ऊ किन खुशी हुन सक्दैन ? किनकि सबै बदलेर पनि उसले आफैलाई बदल्न विर्सन्छ ।

६. जुन व्यक्तिले जीवनमा केही गल्ती गरेकै छैन भने उसले केही नयाँ गर्ने प्रयास गरेकै छैन ।

७. इच्छा पुरा नहुँदा क्रोध बढ्छ । इच्छा पुरा भएपछि लोभ बढ्छ । त्यसैले जीवनलाई हरेक स्थितीमा धैर्य बनाइराख्नुपर्छ ।

८. जीवनमा कठिनाई हामीलाई दुख दिनका लागि आएको हुँदैन । बरु यो त हामीभित्र लुकेको सामर्थ्य र शक्तिलाई बाहिर निकाल्न आएको हुन्छ ।

९. जीवनमा समस्याबाट भाग्नु अर्को समस्यालाई जन्म दिनु हो । हरेक समस्यासँग जुध्नुपर्छ । किनभने हरेक समस्याले अवसर पनि बोकेर आएको हुन्छ ।

१०. सबैभन्दा गर्व गर्ने कुरा कहिल्यै पनि नलड्नु होइन । बरु जति पटक लडेपनि उठ्नु गर्वको कुरा हो ।

११. सफलतामा खुसी मनाउनु राम्रो हो तर त्योभन्दा बढी जरुरी हुन्छ आफ्नो सफलताबाट पाठ सिक्नु ।

१२. जब यो स्पष्ट हुन्छ कि लक्ष्य प्राप्त गर्न संभव छैन । तब लक्ष्य बदल्ने होइन, बरु आफ्नो काम गर्ने तरिका बदल्नुहोस् ।

प्रतिक्रिया

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!