यथार्थ लाइनहरु

सफलताको लागि संघर्ष – केही प्रेरक भनाइहरु

सफलता यदि कुनै गाउँ हो भने त्यहाँसम्म पुग्ने बाटो भनेकै संघर्षको बाटो हो । यदि कुनै जादु छडीले कुनै सफलता जन्माउन सक्छ भने त्यो जादु संघर्ष नै हो । संघर्ष विना पनि काकतालीमा सफलता वा सम्पति हासिल हुन्छ भने त्यो न त दिगो हुन्छ न प्राप्तिको सन्तुष्टि रहन्छ । यसैले म्याक्सिम गोर्कीको भनाइ छ नि; संघर्षको आनन्द नै सर्वोत्तम आनन्द हो । यसैले हामी कहिल्यै संघर्षसँग डराउनु हुदैन बल्कि संघर्षमा रमाउन सिक्नु आवश्यक छ । यसर्थ यहाँ संघर्ष गर्न प्रेरित गर्ने केही उत्कृष्ट १२ भनाइहरु प्रस्तुत गर्दै छौ; अन्तिमसम्म अध्ययन गर्नुहोला :

१. सफलता एकैदिन हात लाग्दैन तर एक दिन अवस्य लाग्छ ।

२. संघर्ष जती कठिन हुनेछ, सफलता उती नै सानदार हुनेछ ।

३. असल व्यक्तिको जन्म आमाको कोख बाट नभई संघर्षको मैदान बाट हुन्छ ।

४. आफू भन्दा ठूलो मान्छे सङ्ग शिर झुकाउन र जस्तो दुख परे पनि दुख लुकाउन जस्ले जान्दछ, उसले जिन्दगी मा केही गर्न सक्छ ।

५. जिन्दगिको यात्रामा जसले आफुलाई जोखिमको बाटोबाट अघि लैजान सक्छ उसीले नै नया हासिल गर्न सक्दछ ।

६. जहाँ संघर्ष हुन्छ त्यहाँ केही पाउने अठोट हुन्छ ।

७. सुख बोटमा फल्दैन कर्म गर्नुपर्छ खुसी कसैले दिदैन सन्तोष मान्नु पर्छ सधै सबैको साथ् मिल्दैन एक्लै हिड्नुपर्छ ।

८. तिमीलाइ जति ठक्कर लाग्छ उति हिड्ने गर ठक्कर खादै उचाइमा पुगेको मान्छेलाई कहिले कसैले तल झार्न सक्दैन ।

९. तिमीले खाना आफै आफ्नो मुखमा आओस भन्ने चाहन्छौ भने, तिम्रो सफलता धेरै नै टाढा छ ।

१०. जसले आफूमाथी विश्वास गर्न सक्दैन, ऊ मात्र चुनौतीहरु देखि डराउँछ ।

११. जीवन बाच्नँ त सबैले बाँच्छन जीवन पछि बाँच्नेले अहिले नै धेरै काम गर्नछन् ।

१२. जो मान्छे संघर्षबाट भाग्न खोज्छ त्यो मान्छेबाट सफलता भागी रहेको हुन्छ ।

प्रतिक्रिया

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!