प्रेरक भनाइहरु व्यक्ति विशेष प्रेरक भनाइहरु

रतन टाटाका उर्जा जगाउने १४ भनाइहरु

रतन टाटा १९३७ मा मुम्बईमा जन्मिएका हुन्, उनि सफल व्यावसायीसँगसँगै एक समाजसेवी पनि हुन् । टाटा सन्स र टाटा ग्रुपका चेयरपर्सन उनले भारतमा आफ्नो व्यवसायीक सफलता मार्फत विश्वमाझ छाउन सफल रहेका थिए । उनलाई खासगरी उनको सरल र लजालु स्वाभावका कारण धेरैले मन पराउने गर्दछन । व्याचलरसम्म अध्ययन गरेका टाटाले विवाह भने गरेका छैनन्, सानैदेखी व्यवसायीक घरानामा जन्मिएका उनले आफ्नो टाटा कम्पनि मार्फत व्यापारको साम्राज्य खडा गर्न निकै मेहेनत गर्नु परेको थियो; यहाँ हामीले उनी रतन टाटाका उर्जाशील र प्रेरक भनाइहरुको संकलन प्रस्तुत छ;

१. सही निर्यण लिनुपर्छ भन्ने कुरामा म विश्वास गर्दिन, म एउटा निर्यण लिन्छु र त्यसलाई सही बनाउन तिर लागि पर्छु ।

२. यदि तिमि छिटो हिड्न चाहन्छौ भने एक्लै हिड, तर यदी तिमि निक्कै टाढासम्म हिड्न चाहन्छौं भने साथमा हिड ।

३. जीवनमा अघि बढिरहनको लागि उतार चढाव निकै आवश्यक छ; किनकि यहाँसम्म कि ECG ले सिधा लाइन देखाउनुको अर्थ हुन्छ हामी जिउदो छैनौ ।

४. मानिसले तिमि उपर फ्याकेका ढुंगाहरु टिप्नु र आफ्नै एउटा महल खडा गर्नु ।

५. सफल व्यक्तिलाई म प्रशंसा गर्छु, तर त्यो सफलता अरुलाई दबाएर प्राप्त गरेको हो भने म प्रशंशा त गरौला तर उसलाई समान व्यक्त गर्न सक्दिन ।

६. त्यो दिन जुन दिन म उड्न सक्ने छैन त्यो दिन मेरो लागि दुखको दिन हुनेछ ।

७. धन र शक्ति मेरा दुइ प्रमुख लगानी होइनन ।

८. व्यवसायको क्षेत्रमा तिनै व्यक्ति बढी सफल हुन्छन जसले आफ्नो कामलाई प्रेम गर्न सक्दछन ।

९. कठिन समयलाई यसरी हाल गर्नु कि तिमीले आफ्नो शिर ठाडो राखेर चैनको निन्द्रा सुत्न सक ।

१०. हामी सबैसँग बराबर क्षमता नहोला तर हामी सबैसंग आफ्नो क्षमता विकास गर्न बराबर समय छ ।

११. जसरी एउटा फालामलाई कसैले नष्ट गर्न सक्दैन तर आफ्नै खियाले सक्छ उसै गरी एउटा मानिसलाई कसैले हराउन सक्दैन आफ्नै सोच र विचारले हार्ने हो ।

१२. जीवनमा कहिल्यै गम्भीर नहुनु, जिन्दगीमा जे आउछ त्यसैमा रमाउन सिक्नु ।

नोट: रतन टाटा सहित अन्य सफल व्यक्तिका थप भनाइहरु पढ्न चाहनुहुन्छ भने हाम्रो अधिकारिक एप डाउनलोड गर्न सक्नुहुनेछ; डाउनलोड गर्नको निम्ति यहाँ क्लिक गर्नुहोस् !

प्रतिक्रियाहरु

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!