प्रेरक भनाइहरु व्यक्ति विशेष प्रेरक भनाइहरु

प्रशिद्ध दार्शनिक होरेसका जीवनोपयोगी सन्देशहरु

होरेस रोममा जन्मिएका एक प्रख्यात दार्शनिक तथा साहित्यकार हुन । उनि सम्राट अगस्टसको समयमा रोमन कवि भर्जिलका पालामा सक्रिय थिए । क्लासिक समयको त्यो खण्डमा उनका लायाबद्द कविहरूमा सबैभन्दा महान र सबैभन्दा मौलिक मानिन्छ । उनले निकै धेरै प्रेमका सम्बन्धमा, व्यंग्य र भजनहरु लेखेका थिए, उनी होरेसका यहाँ हामीले उत्कृष्ट १४ जीवनोपयोगी भनाइहरु प्रस्तुत गर्दैछौं :

१. एउटा मूर्ख मानिसबाट पनि धेरै कुराहरु सिक्न सकिने हुन्छ ।

२. कठिन समयमा पनि आफ्नो दिमागलाई सधै शान्त बनिरहनु ।

३. कार्पे डाइम; जीवन रहदासम्म आनन्द मनाउ । दिनहरुमा आनन्द लेउ । जीवनलाई पूर्णसँग बाँच । आफूसँग जे छ त्यसमा सक्दो सन्तुष्टि लेउ । किनकि आनन्द मनाउन तिमीले सोचे भन्दा ढिलो भइसकेको छ ।

जसले सुरुवात गर्दछ उसले आधा काम फत्ते गरेको हुन्छ यसैले सुरु गर्ने सहस गर ।

४. या त तिमीले आफ्नो मनलाई नियन्त्रण गर होइन भने मनले तिमीलाई नियन्त्रण गर्नेछ ।

५. बोल्नमा मध्यम हौ तर गर्नमा तिक्ष्ण बन ।

६. जब कुनै ज्ञान/बुद्धि किताबबाट मात्रै हासिल गर्छौं भने त्यो ज्ञान/बुद्धि होइन ।

७. जब तिम्रो आँखामा केही पर्छ भने तिमि हतार गर्छौं हटाउनको लागि तर जब तिम्रो आत्मामा केही पर्छ तब तिमीलाई त्यसलाई हटाउन किन वास्ता गर्दैनौ ?

८. दिनलाई रोकेर राख; भोलीलाई निक्कै कम मात्रामा मात्र भरोसा गर्ने गर ।

९. रिस भनेको क्षणिक पागलपन हो यसैले या त आफ्नो आवेगलाई नियन्त्रग गर होइन भने आवगले तिमीलाई नियन्त्रण गर्नेछ ।

१०. आजको दिनले तिमीलाई जे दिन्छ त्यो उपहार ठानेर स्विकार्नु ।

११. जसले सुरुवात गर्दछ उसले आधा काम फत्ते गरेको हुन्छ यसैले सुरु गर्ने सहस गर ।

१२. जसले थोरैमा पनि कसरी सुखी हुने भन्ने जान्दैन उ सधै दाशको सरह जिन्दगी बाच्नेछ ।

१३. जब भाग्यले धेरै साथ दिन्छ, मान्छेले प्रगति गर्दैन ।

१४. भाग्यले मान्छेलाई धेरै साथ दिनु भनेको भाग्यले उसलाई मूर्ख बनाउनु हो ।

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!