मनछुने लाइनहरु

सफल जिन्दगिको लागि प्रेरक लाइनहरु – सृंखला ९

१. बर्षौ लाग्छ कसैलाई आफ्नो बनाउन, तर मान्छेलाई एक मिनेट लाग्दैन कसैलाई पराई बनाउन ।

२. उसको दिलमा धेरै चिज हुन्छ जसको गोजिमा केहि हुदैन ।

३. रुनु गल्ती होइन तर एउटै कारणको लागि पटक पटक रुनु यो पनि सहि होइन ।

४. मलाइ झर्दै गरेको पातले यो सिकाएको छ कि बोझ बन्नुभयो भने तब आफ्नाहरुले पनि तपाइलाइ झार्दिन्छ ।

५. कसुर निमको होइन कि उ तितो छ, कसुर मान्छेको हो, जसलाई खाली गुलियो मात्र मन पर्छ !

६. मान्छे लाई समयले भन्दा पनि मान्छेको स्वार्थि व्यबहारले सबै भन्दा धेरै परिबर्तन गर्नु सिकाउँछ।

७. मान्छेहरूले भन्छन् कि पागलको कुनै भरोसा हुदैन भनेर ,तर मान्छेहरूले यो सोच्दैन कि कसैको बिश्वास र भरोसाले नै उसलाई पागल बनाएको हो भनेर!

८. माया यस्तो मान्छे सगँ गर्नु कि जो हास्दा हास्ने होइन, रूदा आँसु पुछी दिनेहोस् !

९. केबल देखाउनको लागी मात्र राम्रो हुनु भनेको ,सायद खराब हुनु भन्दा पनि खराब हो ।

१०. मौसम बदलिन्छ केही फरक पर्दैन त्यो प्राकृतिक नियम हो, जब मान्छे बदलिन्छ त धेरै फरक पर्छ किनकी त्यो स्वार्थ हो ।

११. जसरी कागतीको एक थोपा रसले हजारौं लिटर दूधलाई बर्बाद गरिदिन्छ,भने ठिक त्यसरी नै मान्छेको एक अहंकारले आफ्नो पुरै भबिस्य बर्बाद हुन्छ ।

१२. दुख मात्र पाउनु पर्छ ठिक्क पार्ने र माया गर्नेको रङ्ग पनि छर्लङ्ग देखिन्छ !

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!