मनछुने लाइनहरु

सफल जिन्दगिको लागि प्रेरक लाइनहरु – सृंखला १२

१. जरुरी छैन कि कोही जिन्दगी भर साथमा रहोस् तर साथमा हुदा केही यस्तो मिठा पल बितोस् कि जसको याद जिन्दगिभर रहिरहोस्!

२. मान्छे होस् त्यो मइन बत्ति जस्तो, कति महान छ है आफू सिदिएर अरुलाई उज्यालो दिन्छ!

३. कोही मान्छे बाहिरबाट यति धेरै सुन्दर हुन्छ तर भित्र बाट उति नै धेरै बिषालु हुन्छ!

४. कुनैकुनै घाउहरु यस्तो हुन्छ वर्षौं पछी पनि ताजानै हुन्छ,समयसंग हरेक दर्दको औषधि हुन् सक्दैन!

५. हरेक ब्याक्तीलाई आफ्नो ज्ञानहरुको घमण्ड हुन्छ तर हरेक ब्याक्तीलाई आफ्नो घमण्डको ज्ञानहरु थाहा हुदैन!

६. मान्छेलाई अनुहार र सुन्दर रुपले भन्दा सुन्दर व्यबहार र बिचारले मान्छेलाई सुन्दर बनाउछ!

७. मान्छे त्यतिकै निराश कहिल्यै हुदैन कहिलेकाही बाध्यताले निराश हुन्छ त कहिले मान्छेको ब्यवहार बाट निराश हुन्छ!

८. प्रत्येक मानिसको हृदय भित्र एउटा विशाल आकास हुन्छ,तर फरक यति हो कि।कसैको उज्यालोमा निलो आकास हुन्छ भने कसैको अँध्यारो बादल लागेको हुन्छ!

९. जिन्दगीको यात्रामा अनेकौं दुखहरु आउछन् धैर्यताका साथ त्यसलाई पन्छाउदै अगाडी बढ्नु पर्छ।किनकी धैर्यता भन्दा जिन्दगिको अर्को ठूलो परिक्षा हुदैन!

१०. अरुलाई चोट दिनु भनेको कालो पाटी केर्नु जस्तै हो। डस्टरले जति मेटे पनि, धूलो हृदयमा बसिराख्छ,स्मार्ट नबन्नु होस् ज्ञानि बन्नु होस्!

११. कुनै पिडा यस्तो हुन्छ जसलाई बयान गर्न शब्द कोष पल्टाउदा पनि शब्द भेटिदैनन्!

१२. तपाईंको जिन्दगीमा पहिलो मायाको कुरा जोसित नि जतिसुकै नै गर्नुहोस् तर पहिलो माया त आमाबाबु बाटैनै सुरुवात हुन्छ ख्याल गर्नुहोस्!

प्रतिक्रिया

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!