१. पैसाको पछि मुर्खहरु मात्र लाग्छन बुद्धिमानले त काम खोज्छन काम, किनकी उनिहरुलाई थाहा छ कर्म नै पैसा हो ।
२. बादशाह उहीँ हो जोसित केही नभएर पनि आनन्दित छ ।
३. बदलिने मौसम, बदलिने सम्बन्ध र बदलिने मान्छे नदेखिए पनि महसुस अवस्य हुने गर्छ ।
४. अंदाज़ केही अलग छ मेरो सोच्ने, सबैलाई गन्तव्य को शौक छ र मलाई बाटोको ।
५. यो दुनिया यसकारण ले खराब छैन कि यहाँ खराब मान्छेहरु धेरै छन, बल्की यसकारण ले खराब छ कि यहाँ राम्रा मान्छेहरु चुप छन ।
६. राम्रो सोच ले मान्छेलाई हमेशा राम्रोबाटो देखाउछ ।
७. जब आफुलाई चोट लाग्छ अरुको दर्द अनि मात्र महसुस हुन्छ ।
८. भगवान तिमी पनि कमाल गर्छौ, आँखा ब्ल्याक एन्ड व्हाइट दिन्छौ र सपनाहरु रङ्गिन देखाउछौ ।
९. भुल्ने कुराहरु `याद´ छ, त्यसैले त जिन्दगीमा `विवाद´ छ ।
१०. सक्नुहुन्छ भने जीवनका ति बिर्सन लायक यादहरुलाई Delete गर्नुस, सम्बन्धलाई होइन ।
११. यदि अन्डा बाहिरको बलले फुट्यो भने, जीवन को समाप्त हुन्छ, तर यदि भित्रको बलले फुट्यो भने सुनौलो जीवनको सुरुवात हुन्छ तेसैले महान कुरा र सफलता सधै भित्र बाट सुरु हुन्छ ।
१२. निद्रा र मृत्यु मा के फरक छ ? कसैले क्या सुन्दर जवाफ दियो : निद्रा आधा मृत्यु हो र मृत्यु हमेशाको लागि निद्रा हो ।
माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !