सफल भनाइ

अधकल्चो मानिसलाई सम्झाउन ब्रह्मलाई पनि गाह्रो पर्छ – सफल भनाइहरु

१२. सम्मान बिनाको सफलता नुन बिनाको खाना जस्तै हुन्छ, तपाईको भोक त मेट्न सक्छ तर तपाईले स्वाद भने पाउन सक्नुहुन्न।
– जो पैटेर्नो

११. सफल विवाह त्यो हैन जसमा दुवै श्रीमान र श्रीमती ‘सर्वगुण सम्पन्न’ हुन्छन्, असल विवाह त त्यो हो जसमा श्रीमान श्रीमतीले आफुबीच हुने मतभेद पश्चात पनि खुशी खोज्न सक्छन्।
– डेव मेयूरर

१०. चन्द्रमा पुगेका मानिसहरु पनि माटोमै खेल्दै हुर्केका हुन्।
– इभान तुर्जेनेभ

९. जीवनमा सफलता प्राप्त गर्नको लागि ३ कुराहरु आवश्यक हुन्छ : इच्छाशक्ति, दृढता र अर्को भनेको हास्न मुस्कुराउन सक्ने शक्ति हो।
– रेबा मेकिनटायर

८. कुनै पनि कार्य पुरा गर्नको लागि सर्वश्रेष्ठ समय पर्खेर नबस, विश्वास राख तिम्रो सर्वश्रेष्ठ समय अहिले नै हो।
– ओपराह विनफ्रे

७. जिवनको दुःखान्त यो होइन कि तपाईले लक्ष्य पूरा गर्न सक्नुभएन बरू यो हो कि तपाई सँग पूरा गर्नका लागि कुनै लक्ष्य नै थिएन ।
– बेन्जामिन मेस

६. आज गरेको मेहनत वृक्षारोपण गरेजस्तै हो, त्यसको फल तपाईले नै एकदिन खान पाउनु हुनेछ।
– ओजी मन्दिनो

५. महिलाले विवाह यो आसमा गर्छन् कि कुनैदिन पुरुष बदलिन्छन्, पुरुषले विवाह यो आसमा गर्छन् कि महिला कहिले बदलिदैनन्, यो अवस्थामा दुवै निरास नै हुन्छन्।
– अल्बर्ट आइन्सटाइन

४. हाम्रो जीवन एउटा राम्रो किताब जस्तो हुनुपर्छ, जब अन्तिम पाना पल्टिन्छ तब केहि राम्रो कुरा सकिएको सबैले महसुस गर्न सकुन्।
– पॉल स्वीनी

३. सबैजना दुनिया बदल्ने सोच राख्छन, तर कोहि पनि आफुलाई बदल्न चाहदैन।
– लियो टालस्टाय

२. अधकल्चो मानिसलाई सम्झाउन ब्रह्मलाई पनि गाह्रो पर्छ।
– भर्तुहरि

१. प्रोत्साहनले तपाईलाई कुनैपनि कार्य सुरु गर्ने हौशला दिन सक्छ, तर त्यस कार्यलाई निरन्तरता दिने भनेको तपाईको आफ्नै स्वभावले नै हो।
– जिम रयून

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!