सफल भनाइ

अरूको लागी जिउन चाहनेलाई अरूले मर्न पनि दिदैन – सफल भनाइहरु

१. पलपल जिउनु भन्दा पनि कुनै त्यो पलमा जिएर देखाउनुहोस जब मलम नपाईने घाउमा हजारौ चोटहरू लागीदिन्छन ।

२. हजारौ ठक्कर खाएर पनि सुनौलो रूप जसले फेर्न सक्छ त्यही वस्तु अनमोल बन्छ ।

३. कुनै यस्तो पलको शिर्जना गर्नुहोस कि जुन पलमा हजारौ दुख र पिडाहरू मेटीउन ।

४. जब तपाईको सोच एउटा सामान्य मान्छे भन्दा फरक हुन्छ तब सम्झिनु कि तपाई यो संसारमा अमुल्य भएर जन्मिनु भएको छ ।

५. अरूको लागी जिउन चाहनेलाई अरूले मर्न पनि दिदैनन् ।

६. केही राम्रो कुराको शुरूवात मात्रै गर तपाईलाई साथ दिन हजारौ मान्छेहरू भेटीनेछन ।

७. यदि यो संसारमा केही कुरा असम्भव हुन्थ्यो भने सायद यो संसारको नै रचना हुने थिएन ।

८. जसरी बादलभित्र पानीका थोपाहरू देखीदैनन् ठिक त्यसैगरी, जबसम्म तपाई अगाडी पुग्नुहुन्न हजारौको भिडमा देखिदैनौ ।

९. बिफलता कुनै हार होईन, तपाई तब हार्नुहुन्छ जबदेखी फेरी अर्को कोसिस गर्न छोड्नुहुन्छ ।

१०. तपाई त्यो बाटो नहिड्नुस जुन बाटो हजारौ मान्छेहरू हिड्छन, तपाई त्यो बाटो हिड्नुस, जुन बाटो आजसम्म कोही पनि हिडेका छैनन् ।

११. आफ्नो सपनासँग जिउने साहस गर्नुहोस्, किनकी तपाई अरुको सपनाको गुलाम भएर बाच्न जन्मनु भएको होइन ।

१२. माया र मोहमा कहिल्यै नाझुक्कीनुहोला- माया त्यो हो जुन निशर्त हुन्छ अनि मोह त्यो हो जहाँ प्यासको स्वार्थ हुन्छ ।

प्रतिक्रिया

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!