यथार्थ लाइनहरु

झुठो बोलेर कसैको प्रिय नबन – केही यथार्थ लाइनहरु

हाम्रो मनछुने यथार्थ लाइनहरु संग्रहको नयाँ शृंखलामा यहाँलाई स्वागत छ । जीवनको यथार्थ र वास्तविकतालाई छोटा लाइन मार्फत अभियाक्त गर्ने यी भनाइहरुले यहाँको जीवनप्रतिको बुझाइमा थप सहयोग पुर्याउनेछ भन्ने अपेक्षा सहित थप बाह्र लाइनहरु प्रस्तुत गर्दछौ;

१. राम्रो देखिनको लागी होइन राम्रो बन्नको लागी जिउनु किनकि जो मान्छे झुक्न सक्छ त्यसले पुरै दुनियालाई पनि झुकाउन सक्छ ।

२. जीवनको एउटा सुत्र छ जसमा अधिकांश मानिसहरु उल्झिने गर्छन्, सुत्र हो, यदि जिन्दगीलाई बदलिनु छ भने लड्नु पर्छ र जिन्दगीलाई सरल बनाउनु छ भने त्यसलाई सम्झिनु पर्छ ।

३. ठुलो मान्छे त्यो होइन जसले ४ जना नोकर राख्न सक्छ, ठुलो मान्छे त त्यो हो जसले ४ जना नोकरको काम आफु एक्लै गर्न सक्छ ।

४. जिन्दगीमा सहज कुरा केहि हुदैन बाच्न अनि हास्न को लागि दुख त गर्नैपर्छ ।

५. अक्सर अरुको दुखमा साथ दिने मान्छे आफुलाइ दुख पर्दा प्राय एक्लै हुन्छ ।

६. एकचोटि बिर्सीसके पछि सम्झनुको कुनै अर्थ रहदैन, किनकी माया नै हो भने उसलाइ जिन्दगीभर कहिल्यै बिर्सन नै सकिदैन ।

७. जरुरी यो छैन कि सबैले तिमिलाइ बिश्वास गरुन, बस तिमी झुठ नबोल त्यो नै तिम्रो आफू प्रति को ठुलो बिश्वास हो ।

८. यदि झुकेर सम्बन्ध राम्रो हुन्छ भने झुकिदिनु तर हेरेक पल्ट तपाईनै झुक्नुपर्छ भने त्यो सम्बन्धलाई त्यहि रोकिदिनु ।

९. ब्यबहार यति सरल बनाउनु कि सबै तिमी संग बस्न सकुन र कर्म यति ठुलो बनाउनु कि तिमी उठेपछि कोहि बसी नरहून ।

१०. झुठो बोलेर कसैको प्रिय नबन सत्य थाहा पाए पछि जिन्दगीभर कसैले तिमिलाइ आफ्नो भन्दैनन ।

११. असफल मान्छे दुनियाको दरले सोच बदल्ने गर्छन् तर सफल मान्छे आफ्नो सोचले दुनियालाइनै बदल्ने गर्छन् ।

१२. जीवनको सत्य बुझ्न धेरै गाह्रो छैन, बस जुन तराजुमा अरुलाई तौलिने गर्नुहुन्छ त्यहि तराजुले कहिले काही आफैलाई तौलेर हेर्नु ।

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!