सफल भनाइ

सन्तुष्टि मेहेनतमा मिल्दछ, प्राप्तिमा होइन – सफल भनाइहरु

१. सबै सत्यले तिन चरणहरु पार्न गर्ने गर्दछ । पहिलो; यसको उपहास गरिन्छ । दोस्रो; हिंशाद्वारा यसको विरोध गरिन्छ । अनि तेस्रो; स्व-स्पष्ट हुनको निम्ति यसलाई स्वीकार गरिन्छ । – आर्थर शोपेनहावर

२. हरेक थोक जे हामी सुन्छौ त्यो धारणा हो; तथ्य होइन । हरेक थोक जुन हामी देख्छौ त्यो दृष्टिकोण हो; सत्य होइन । – मार्कस अरिलियस

३. सबैतिर झुट बिकिरहेको समयमा सत्य कुरा भन्नु पनि एउटा क्रान्तिकारी कार्य हो । – जर्ज अर्वेल

४. मुर्ख बन्नको निम्ति दुई तरिकाहरु हुन्छन् । पहिलो; जे सत्य होइन त्यसलाई विश्वास गर्नु अनि दोस्रो जे सत्य हो त्यसलाई विश्वास गर्न इन्कार गर्नु । – सोरेन किर्केगार्ड

५. उच्च सोच भएको व्यक्तिले के सत्य हो सो को बारेमा ख्याल राख्नु पर्दछ न कि अरु मानिसले के सोच्दछन भन्ने विषयमा । – अरस्तु

६. अरु मानिसलाई सहयोग गर्नु छ भने उनीहरुलाई सत्य बताइदेउ । तर यदि आफैलाई सहयोग गर्न छ भने उनीहरुलाई त्यहिं बताउ जुन उनीहरु सुन्न चाहन्छन । – टमस स्वेल

७. यदि तिमि सत्य बोल्दछौ भने तिमीले कुनै पनि कुरा सम्झिरहनु पर्ने छैन । – मार्क टवेन

८. सन्तुष्टि मेहेनतमा मिल्दछ, प्राप्तिमा होइन । पुरा मेहेनत भनेको पुरा विजय हो । – महात्मा गान्धी

९. कडा मेहेनतले क्षमतालाई पनि पछार्छ जब क्षमताले कडा मेहेनत गर्न सक्दैन । – टिम नत्के

१०. कुनैपनि महान कुरा सजिलै सँग प्राप्त हुदैन । – अज्ञात

११. सफल भएका व्यक्तिहरु आफैमा भाग्य लिएर जन्मेका होइनन, उनीहरु त कडा मेहेनतले बनेका हुन्, लक्ष्य राखेर सफल भएका हुन् । – जी.के नेल्सन

१२. अवसरहरु प्राय: अवस्थामा कडा मेहेनतको रुप धारण गरेर आउने गर्दछन त्यसैले त प्राय: मानिसहरुले यसलाई चिन्न सक्दैनन् । – एन ल्याण्डरस

१३. मैले कहिल्यै पनि सफलताको सपना देखिन; बरु मैले जहिल्यै यसको निम्ति कडा मेहेनत गरे । – यसटी लाउडर

१४. थाक्दैमा तिमि नरोकिनु; त्यतिबेला रोकिनु जब तिमीले काम सम्पन्न गर्दछौ ।  – मर्लिन मुनरो

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!