यथार्थ लाइनहरु

जब आफुलाई चोट लाग्छ तब अरुको दर्द महसुस हुन्छ – केही लाइनहरु

१. यो दुनिया यसकारण ले खराब छैन कि यहाँ खराब मान्छेहरु धेरै छन, बल्की यसकारण ले खराब छ कि यहाँ राम्रा मान्छेहरु चुप छन ।

२. जब आफुलाई चोट लाग्छ अरुको दर्द अनि मात्र महसुस हुन्छ ।

३. भुल्ने कुराहरु `याद´ छ, त्यसैले त जिन्दगीमा `विवाद´ छ ।

४. राम्रो दिन ल्याउन को लागि खराब दिन सित पहिला लड्नुपर्दछ ।

५. जन्म लिनुभएको छ भने केवल साँस मात्र नलिनुस, बाँच्ने उमङ्ग पनि राख्नुस शमशान यस्तो मान्छेहरुको खरानीले भरीएको छ । जसले सम्झिन्थे कि दुनिया उनीहरुको बिना चल्न सक्दैन ।

६. यदि तपाई सहि हुनुहुन्छ भने केही पनि साबित गर्ने कोसिस नगर्नुस प्रमाण समय ले आफै दिन्छ ।

७. यदी दुई व्यक्तिमा कहिल्यै लडाइ हुदैन भने बुझिहाल्नुस कि सम्बन्ध दिलले होइन दिमागले निभाइरहेका छन ।

८. जब मान्छे नयाँ मान्छेलाई भेट्छ तब पुरानो मान्छेहरुलाई भुलिदिन्छ, तर जब नयाँ मान्छेले दिल दुखाउछ भने तब याद पुरानै को आउछ ।

९. केही सम्बन्धहरु यस्तो हुन्छ जसलाई मान्छेहरु जोड्दा जोड्दा आफै टुट्छन ।

१०. आधा दुख गलत मान्छेमाथी आशा राखेर हुन्छ र आधा दुख सच्चा मान्छेमाथी शंका गरेर हुन्छ ।

११. प्रेम र मित्रतामा के फरक हुन्छ ? प्रेमले भन्छ ” तिमिलाई केही भयो भने म जिउदो रहन सक्दिन ।” अनि मित्रताले भन्छ ” जबसम्म म जिउदो छु, तिमिलाई केही हुदैन ।”

१२. भोको पेटले झण्डा बेचिरहेको छ र जसको पेट भरीएको छ उसले देश बेचिरहेको छ ।

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!