सफल भनाइ

तेज दिमाग र सफा मन सबैभन्दा उत्कृष्ट संयोजन हो – सफल भनाइहरु

१. तीन चिज धेरै बेर सम्म लुक्न सक्दैन : सूर्य, चन्द्रमा अनि सत्य। -गौतम बुद्ध

२. सफलताको लागि तयारी नगर्नु, असफलताको तयारी हो ।-बेंजामिन फ्रैंकलिन

३. उन्नति चाहने व्यक्तिले निद्रा, थकाइ, झुठ, क्रोध, अल्छीपन र रिस जस्ता अवगुणहरुलाई त्याग्नु पर्दछ । -हितोपदेश

४. सोच्नु दुनियाँकै सबैभन्दा गाह्रो काम हो, शायद यसैकारण एक्दमै थोरै मानिस यो काम गर्छन् ।-हेनरी फोर्ड

५. अरूलाई सहिरूपमा चिन्नु शिक्षा हुनु हो भने आफैलाई चिन्नु ज्ञान हो । अरूलाई जित्नु ताकत हो भने आफैलाई जित्नु शक्ति ।-लाओत्से

६. तेज दिमाग र सफा मन सबैभन्दा उत्कृष्ट संयोजन हो।-नेल्सन मंडेला

७. तपाईं कुनैपनि कार्यलाई सरल तरिकाले सफल पार्न चाहनुहुन्छ भने त्यसलाई आफैं गर्नुहोस् ।-नेपोलियन

८. हामी कुनै कुरालाई धेरै बेर सोचेर बस्छौं भने बिस्तारै हाम्रो स्वभाव पनि त्यस्तै हुँदै जान्छ ।-बुद्ध

९. कुनैपनि नयाँ काम शुरु गर्नुअघि आफूलाई ३ प्रश्न अवश्य सोध्नुहोस् : तपाईं त्यो काम किन गर्दै हुनुहुन्छ ? त्यसको परिणाम के हुन्छ ? र के तपाईंले त्यसबाट सफलता प्राप्त गर्नुहुन्छ ? यी ३ प्रश्नको सन्तुष्ट उत्तर भेटे अवश्य अगाडी बढ्नुहोस् ।-चाणक्य

१०. तपाईं नयाँ सपना देख्न या नयाँ योजना बनाउन कहिले बुढो हुनुभएको हुँदैन ।-सी एस लुईस

११. एउटा सफल व्यक्तिले अरुले आफूलाई हानेको इट्टाबाट आफ्नो जग मजबुत बनाउछ ।-डेविड ब्रिंकले

१२. हरेक कुराहरुको सिर्जना दुईपटक हुन्छ, पहिलोपटक मस्तिष्कमा दोश्रो पटक वास्तविकतामा ।-अज्ञात

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!