मनछुने लाइनहरु

केही हृदयस्पर्शी लाइनहरु – संकलन बाह्र

१. आफुले चालेको हरेक पाइलामा होस गर्नुहोस मुखले एक र ब्यवहारले अनेक हुन्छ्न यहाँ मान्छेहरु ।

२. भाग्यमानी ती नारी हुन्छिन जस्ले आफ्नो पतिको माया दुख सुखमा रुने उस्को काख पाएको हुन्छिन ।

३. रिसको आबेगमा बोलेको एक शब्द यति बिषालु बन्न सक्छ कि तपाइको हजार मिठा शब्दलाई एक मिनेटमा नस्ट गर्न सक्छ ।

४. आकाश जस्तै सुनसान छ जिन्दगी अनि तारा जस्तै छरिएका छन सपनाहरु ।

५. असल र राम्रो व्यक्ती को बोली मीठो होईन हजुर वचन मिठो हुने गर्छ ।

६. जब मन भित्रै बाट दुखेको हुन्छ नि तब दुनिया सग मात्र हैन आफ्नो हुन भन्नेसंग पनि बोल्न मन लाग्दैन रहेछ ।

७. कुरा काट्नेले काट्दै गर्छन आफू हास्न छाड्नु हुन्न समय आएपछि जल्ने सकिन्छन ।

८. सबैको प्यारो भएर सुगा जस्तै पिजडामा थुनिनु भन्दा सबैको नराम्रो भएर काग जस्तो स्वतन्त्र रुपमा आकाशमा उड्नु जाती ।

९. नारी जति कोमल हुन्छ्न नि परि आएमा उत्तिकै कठोर पनि बन्न सक्छ्न ।

१०. कसैलाइ गिराएर हेपेर बोल्दैमा तपाईं आफुलाइ महान सम्झनु हुन्छ भने तपाईं जति गिरेको मान्छे कोहि हुदैन ।

११. समय आए पछि थाहा पाउछौ मेरो महत्त्व फ्रीमा पाउने अक्सिजन अस्पताल पुगेपछि कति महगो हुन्छ थाहा होला नि ।

१२. यस्तो समाज छ हाम्रो जहाँ घरको इज्जत छोरीको हातमा हुन्छ र सम्पतिको कागज छोराको हातमा ।

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!