मनछुने लाइनहरु

केही हृदयस्पर्शी लाइनहरु – संकलन सोह्र

१. आफ्नो खुशि आफै भित्र खोज्नुस किनकि रुवाउने खिल्ली उडाउने दुख मा हास्ने त यहाँ पाइला पिछे भेटिन्छ्न ।

२. एक्लोपनबाट कहिले पनि नडराउनु किनकि अरुको साहारामा बाच्ने मान्छे सबैभन्दा कमजोर हुन्छ ।

३. भरोसा सबैलाई गर्नुस तर बिचार गरेर कहिले काहीँ आफ्नो दातले पनि जिब्रो टोकिन्छ ।

४. मीठो बोल्दैमा मान्छे आफ्नो हुन्छ भन्ने कहिले नसोच्नु प्राय मिठो कुराले नै मानिसलाई जिन्दगीभर रोगी बनाउँछ भने तीतो कुराले निरोगी बनाउँछ ।

५. बाटो काट्ने बिरालो र कुरा काट्ने मानिस एउटै हुन् थु थु गर्दै अघि बढ्नु पर्छ कसैले केही बिगार्न सकिन्न ।

६. रोजेको खोजेको जस्तो कहाँ हुन्छ र जिन्दगी जे जस्तो छ त्यसैलाई टालटुल पारेर चिटिक्क बनाउन सिक्नु पर्छ ।

७. जन्म घर छाडेर कर्म घर आएकी छोरीलाई बुहारी भनेर हैन छोरी भनेर बोलाउनुस आमा जन्म घरको आँसु बिर्साउने छ हजुरको छोरी भन्ने शब्दले ।

८. कसैको प्रसंशा गर्नु भयो भने मानिस अक्सर चुप हुन्छन् तर कसैको कुरा काट्नुस त चुप बस्दैनन सुरुमा सुर मिलाएर बोल्छ्न ।

९. दान गर्नु हुन्छ भने भोकालाइ भोजन र गरिब दुखी लाई कपडा दान गर्नुस मन्दिरमा पैसा चडाएर धर्म हुदैन भोको पेट भरियो गरिब दुखिको शरीर भने त्योढाकियो भन्दा ठूलो धर्म केही हुदैन ।

१०. याद गर्नुहोस दाजुभाइ चिनिन्छन आपत पर्दा पत्नी चिनिन्छ धन धान्य सकिदा पति चिनिन्छ पत्नीलाई रोग लाग्दा बन्धु चिनिन्छ विपत्ति पर्दा मित्र चिनिन्छ अति दुख पर्दा ।

११. अरुको घुट्टा काटेर आफ्नो उचाई बढाउने भन्दा आफै बढेर अग्लो भएको राम्रो हुन्छ ।

१२. देखावटी र झुट बोलेर राम्रो बन्नु भन्दा राम्रो सत्य बोलेर दुश्मन बनाउनु होस तपाईंको साथ कहिले पनि विश्वासघात हुने छैन ।

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!