प्रेमिल लाइनहरु

केही हृदयस्पर्शी लाइनहरु – संकलन चौतिस

१. त्यो मान्छेलाई एकदिन उसैको घमण्डले बर्बाद गर्छ जसले कहिल्यै आफ्नो गल्ती देख्दैन ।

२. समय र साथ दुबै एकै हो जो जब समय परिवर्तन हुँदै जान्छ मान्छेको साथ पनि परिवर्तन हुँदै जान्छ ।

३. यदि माया नै सबैभन्दा ठूलो कुरा भैदिएको भए कोहिपनि आफ्नो प्यारो मान्छेलाइ छाडेर टाढा हुने थिएनन् ।

४. निकै खुसी देख्छु तिमिलाइ आजभोली सायद त्यो अनुहारमा खुसी ल्याइदिने कोहि भएर होला ।

५. दुखेको मन भिजेको परेली अधेरी रात अनि कसैको याद बस यसरी नै बित्दैछ जिन्दगी ।

६. आफ्नो चित्त बुझाउन जस्तो अरुको चित्त बुझाउन कहाँ सजिलो हुन्छ र ?

७. संघर्ष बिनाको जिन्दगी कहाँ सजिलो छ र एउटा ढुङ्गालाई मुर्ती बन्न त हथौड़ाको हजारौं चोट खानु पर्छ ।

८. बगैंचामा फुलेको फुललाइ सोध्नुस सुख दुखमा कसरी साथ दिने भनेर जसले विवाहको मन्डप देखि मसान घाट सम्म तपाइलाइ छोड्दैन ।

९. सम्बन्ध जोडेर पो के काम भयो र त्यो सम्बन्धलाई निभाउने खुबी नै नभएपछि ।

१०. बरु एक्लै हिडिन्छ तर झुटा साथ देखाउने साथीसंग हिडिन्न ।

११. कसैको मन जित्नु नै छ भने प्रेमले जित घमण्डले त पाउने होइन गुमाउने मात्र हो ।

१२. अब त तिम्रो याद यति प्यारो भइसक्यो कि मैले त एक्लोपन महशुस गर्न पनि छाडिसके ।

प्रतिक्रिया

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!