प्रेरक भनाइहरु विविध विषय विशेष भनाइहरु

जीवनका यथार्थहरू

१. जब हामी बिस्तारै बुढो हुँदै जान्छौ तब महशुस गर्छौ कि संख्यामा धेरै साथी हुनुभन्दा महत्वपूर्ण एक असल मित्र हुन्छ ।

२. प्रत्येक मानिस सुख चाहन्छन्, दुःख होइन तर शुन्दर इन्द्रेणीलाई हेर्नका वर्षालाई सहनैपर्छ ।

३. हामीले फेर्ने प्रत्येक स्वाससँगै खुलेर जिऔ किनभने हामीसँगै संसारमा कसैले आफ्नो अन्तिम स्वास फेर्दैछन् ।

४. जब खुसी होइन्छ तब गितको धुन मन पर्छ र जब दुःखी भइन्छ तब त्यसको शब्द मनपर्छ ।

५. जिन्दगी यस्तै हो, आगोको रापबाट तर्कन खोज्ने इट्टालाई त पानिले पनि हेप्छ ।

६. तेजबाले सुनलाई जाँच्छ भने विपत्तीले महान् मानिसलाई । संघर्षमा रमाउन नसक्नेले सफलताको हकदार हुदैन ।

७. हिजोबाट सिक, आजका निम्ती बाचँ र भोलीको लागि सपना देख ।

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!