प्रेरक भनाइहरु

१५ मनछुने लाइनहरु

१. जसको बोली मिठो हुन्छ, उसलाई सून-चादीँ, हिरा-मोती लगाउने आवश्यका छैन ।

२. समयले पनि सिकाउछ र गुरुले पनि, तर दुवैमा फरक यति छ कि गुरुले सिकाएर परिक्षा लिन्छ भने समयले परिक्षा लिएर सिकाउछ ।

३. मान्छेको पाउ त जस्ले पनि छुन सक्छ , दिल छुनु पो ठुलो कुरा त ।

४. सबैभन्दा सुन्दर नाता दुई आँखाको हुन्छ, एकैसाथ खुल्छ र बन्द हुन्छ, एकैसाथ रुन्छ र एकैसाथ सुत्छ, त्यो पनि जिवनभर एक अर्कोलाई देखेबिना ।

५. त्यो हात सधै पवित्र हुन्छ जुन प्रार्थना भन्दा धेरै सेवाको लागि उठ्छ ।

६. रिसबाट टाढा रह, यसले तिमीलाई मात्र पिडा दिन्छ ।

७. यदी तिमी सही छौ भने तिमीले रिसाउनै पर्दैन र यदी गलत छौ भने तिमीलाई रिसाउने कुनै अधिकार रहदैन ।

८. विगतलाई लिएर कहिल्यै चिन्तीत नहोउ यसले पिडा दिन्छ । भविष्यलाई लिएर चिन्तित नहोउ यसले डर पैदा गर्छ बरू बर्तमानमा बाँच यसले खुसी दिन्छ ।

९. सुन्दर चिज सधै राम्रा हुदैनन् तर राम्रा चिज सधै सुन्दर हुन्छन् ।

१०. जित्नेहरू ती होइनन् जो कहिल्यै लड्दैलडेनन्, बरू ती हुन जो हर खसाइ पछी पुन उठे र अघि बढे । यसैले अघि बढिरहनुहोस् ।

११. हार मानिसको अन्त होइन । मानिसको तब अन्त भएको हुन्छ जब कोसिस गर्न छोडिदिन्छ । मुश्किल समयमा हमेसा आफुलाई भनिरहनुहोस् “दौड अहिले समाप्त भएको छैन किनकी अहिलेसम्म मैले जितेको छैन ।”

१२. एउटा कागजको टुक्रा गभर्नरको हस्ताक्षरले नोट बनिदिन्छ । जसलाई तोड्दा, खुम्चाउदा, फोहोर र जर्जर हुँदा पनि त्यस्को मूल्य कम हुदैन । तपाई पनि ईश्वरको हस्ताक्षर हुनुहुन्छ । जबसम्म तपाईं चाहनुहुन्न तबसम्म तपाइको मूल्य कम हुन सक्दैन । तपाईं अनमोल हुनुहुन्छ । आफ्नो मूल्य सम्झिनुस् ।

१३. मान्छेहरुको लागि तपाई तबसम्म राम्रो लाग्नुहुन्छ जबसम्म उनिहरुको आशा पूरा गरीरहनु भएको हुन्छ । तपाइको लागि सबै मान्छे तबसम्म राम्रो छन्, जबसम्म तपाई उनिहरु सँग कुनै आशा राख्नुहुन्न । एकपटक आशा राख्नुस्, अनी सबैबाट निराशा पाउनुहुनेछ ।

१४. मान्छेलाई कसैले महान बनाउन सक्दैन, तर आफै महान बन्न चाहनेलाई कसैले रोक्न पनि सक्दैन ।

१५. औसत मानिसहरू आफ्नो कार्यमा मात्रै २५ प्रतिश शक्ति र क्षमता लगाँउछन् । वास्तवमा ५० प्रतिशत क्षमता प्रयोग गर्ने व्यक्तिहरूलाई संसारले सम्मान गर्दछ । १०० प्रतिशत क्षमता प्रयोग गर्ने व्यक्तिहरू सबैलाई शासन गर्ने गर्छन् । – एन्ड्रयु कारनेगी

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!