प्रेरक भनाइहरु व्यक्ति विशेष प्रेरक भनाइहरु

साथी कपिलका १५ मननीय भनाइहरु [भाग १]

१. कसैले तिमीलाई नराम्रो व्यवहार गर्यो भनेर दुःखी नबन किनकी सबैले आफ्नो औकात अनुसारको व्यावहार देखाउने हो । यहाँ जहिले पनि कागति निचोर्दा कागतिको रस आउँछ, सुन्तला निचोर्दा सुन्तलाको रस, जसको भित्र जे छ त्यहि बाहिर आउने हो ।

२. अलैचीको दानाहरु जस्तै भाग्य छ मेरो, सुगन्ध त्यति नै फैलियो जति म पिसिदै गए ।

३. युद्धमा जितेको भन्दा हारेको सिपाही बलियो हुन्छ किनकि सबैभन्दा बलियोको प्रहार उसले मात्र भोगेको हुन्छ जुन अवसर जित्नेले पाउँदैन ।

४. जिन्दगीमा तपाईं जे गर्न चाहनुहुन्छ त्यो अवस्य गर्नुस ,  यो नसोच्नुस कि मान्छेले के भन्लान ? किनकी मान्छेले तब पनि भन्छन जब तपाईं केही गर्नु हुन्न ।

५. समस्या त कसलाई पो नहोला र तर प्रतिकुल “परिस्थिति” मा पनि “मनस्थिति” लाई “यथास्थिति” मा राख्नन सिक्नु , त्यसपछि त बिचरा प्रतिकुल बाधा बनेर आएको समस्या ले पनि पाठ सिकाएर गईदिन्छ ।

६. आखिर मग-मग बसाउने PERFUME पनि त कोमल फुल लाई चुडेर-च्यापेर-पेलेर नै तयार गरिन्छ,अहिले समस्या भोग्दै हुनुहुन्छ भने मान्नुस कि भविष्यका लागि सुगन्ध तयार गर्दै हुनुहुन्छ l

७. मानिस लाई प्रयोग र वस्तु लाई माया दिन होइन, वस्तु लाई प्रयोग र मानिस लाई माया दिन सिक्नुहोस ।

८. यता बगैचामा मल-जल गरि उमारेको बोट ले पनि राम्रो फल दिदैन अनि उता ढुंगाको चट्टान लाई फोडेर “पिपल” उम्रिन्छ अनि, पिपलको पुजा गरिन्छ I त्यसैले होला भनिएको “कमजोर त्यो हुन्छ जो गुनासो गर्दै जिउछ, उठ्ने मान्छे त ढुङ्गाको छाती फोडेर पनि निस्कन्छ” ।

९. हेर्न मात्र जान्नु पर्छ हजुर यहाँ त “संघर्ष” भित्र पनि “हर्ष” लुकेको छ ।

१०. आफुलाई अरुजस्तो बनाउन खोजेर तिमी “आफ्नै” अस्तित्व को हत्या नगर I तिमी फरक छौ, तसर्थ तथ्य परक छौ ।

११. हावा उस्तै , पानि उस्तै , माटो पनि उस्तै तर पनि हाम्रो फुलाई फरक छ किनकि हामि प्रत्येक उत्पति हुने बिउ नै फरक थियो, तसर्थ हामि सबै फरक छौ र त संसार रंगिन अनि मन-मोहक छ ! म फरक छु र त तथ्य-परक छु ।

१२. याद गर्नुहोस् स्वर्ण पदक विजेता ले पनि पदक ग्रहण गर्दा शिर झुकाउनै पर्छ, झुकावआवश्यक छ तर आफु नै भाचिने गरि झुक्नु पनि हुदैन ।

१३. बदला” लिएर होइन “बदलिएर” देखाऊ, दुनिया फरक पाउनेछौ ।

१४. भूगोल सुन्दर भयो भन्दैमा वस्ति सुन्दर हुनुपर्दछ भन्ने छैन, भूगोल प्रकृतिले बनाउछ त वस्ति मानिसले ।

१५. जीवनलाई “भागेर” होइन “भोगेर” जिउनुपर्दछ ।

वक्ता : साथि कपिल, नेपाली प्रेरक वक्ता, युवा दार्शनिक

यो पनि पढ्नुहोस् : साथी कपिलका प्रेरक भनाइहरु भाग-२

प्रतिक्रिया

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!