विविध

जीन्दगीका यथार्थ लाइनहरु

– सूचीकारको छोरो सधै फाटेको कपडा लगाएर हिड्छ ।

– जुत्ता सिउनेको छोरो सधै खाली खुट्टा हिड्छ ।

– अरूको बिल्डिङ बनाउने डकर्मीको घर नै झुप्रो हुन्छ ।

– जसले सय किलोको धानको भारी उचाल्न सक्दैन उसले किन्छ सक्छ अनि जसले उचाल्न सक्छ उसले किन्न सक्दैन ।

– धान उब्जाउने किसानको घरमा नै भोकमरी चल्छ ।

– जसले धेरै मेहेनत गर्छ उसै लाई नै पैसाको हाहाकार लागेको हुन्छ ।

– अज्ञानीहरूमा बडो गजबको आत्मविश्वास हुन्छ तर विद्वानहरू सधै शंकाले घेरिएका हुन्छन् ।

– जसले तितो तर सत्य कुरा गर्छ उसलाई विश्वास गरिदैन जसले मिठा तर झुठा कुरा गर्छ उसैलाई मानिन्छ ।

– घरको जग धान्ने मूख्य ढुंगा सधै भित्र ढाकिएको हुन्छ, कमजोर देखावटी ढुंगा सधै बाहिर टल्किरहेको हुन्छ ।

– जिन्दगीमा धेरै थोक जतीबेला आवश्यक हुन्छ त्यतीबेला पाइदैन अनी जतीबेला आवश्यकै हुदैन त्यतीबेला यत्र तत्र पाइन्छ ।

– किशोरावस्थामा उत्साह हुन्छ, समय हुन्छ तर पैसा हुदैन । युवा वस्थामा उत्साह हुन्छ, पैसा हुन्छ तर समय हुदैन अनी बुढेसकालमा पैस हुन्छ, समय हुन्छ तर उत्साह हुदैन ।

यो पनि पढ्नुहोस् : चौध प्रख्यात व्यक्तिका चौध प्रेरक भनाइहरु | १६ शुन्दर लाइनहरु |  १५ मनछुने लाइनहरु |  एघार सर्वोत्कृष्ट भनाइहरु |  पढ्नैपर्ने जोशिला १२ प्रेरणायादि भनाइहरू

प्रतिक्रिया

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!