प्रेरक भनाइहरु व्यक्ति विशेष प्रेरक भनाइहरु

सुविन भट्टराइका सात भनाइहरू

७. हामी जिन्दगीलाई जति सिरियस्ली लिन्छौँ, जिन्दगी उति नै गहिरिएर हाम्रो मजाक उडाउँछ !

६. अलिकति छल्ने कुरा हुन्छन्, अलिकति जल्ने कुरा हुन्छन् बजार हो साथी, जे जे हुन्छन् चल्ने कुरा हुन्छन् ।

५. म तिमीलाई यस कारणले प्रेम गर्छु किनकि म आफुपनि तिमीबाट त्यत्तिकै प्रेम गरिन चाहन्छु ।

४. नभनोस् कसैले कि मैले केही बनाउन जानेको छैन । पटकपटक भत्किएतापनि मैले थुप्रैपटक सपनाको घर बनाएको छु ।

३. हुन त दुवै जित्नु नै हो । तरपनि कसैलाई आफ्नो बनाएर उसको मन जित्नुभन्दा कसैको मन जितेर उसलाई आफ्नो बनाउनुमा ज्यादा मजा हुन्छ ।

२. धाएर ओठसम्म आइपुग्दैन, मुस्कान आफैंभित्रबाट बाहिर ल्याउन सक्नुपर्छ ।

१. देख्यौ ? सब खतम ! तिमीसित सरोकार राख्ने सबै चीज जलाइदिएँ, साया । अब एउटा चीज बाँकी छ, त्यो म आफैं । के म आफैंलाई जलाऊँ ?’

यो पनि पढ्नुहोस् : साथी कपिलका १५ मननीय भनाइहरु [भाग १] | साथी कपिलका प्रेरणात्मक भनाइहरु [भाग २]

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!