प्रेरक लाइनहरु

मन छुने लाइनहरु [सातौ भाग]

१. गल्ती उसैबाट हुन्छ जसले काम गर्दछ, निकम्मा हरुको जिन्दगी त अरुको चम्चागीरी गर्नमा र खराबी खोज्नमा नै खत्तम हुन्छ ।

२. मुस्कुराएर देख्नु र देखेर मुस्कुराउनु मा धेरै ठूलो फरक छ ।

३. हामी तनको चोटलाई भुलिदिन्छौ तर मनको चोटलाई भुल्न सकिरहेको हुदैनौ ।

४. जो मान्छेले सत्यलाई साथ दिन्छ त्यो व्यक्ती हमेशा एक्लो हुने गर्छ ।

५. तपाइले जसलाइ आँखा बन्द गरेर भरोसा गर्नुहुन्छ अक्सर उसैले तपाइको आँखा खोलिदिन्छ ।

६. यस्तो सोच छ हामी मान्छेहरुको, एउटा एक्लो व्यक्तिलेे के गर्न सक्छ ?
तर हेर अलिकती थोरै त्यो दियोलाई उ एक्लो छ फेरि पनि अन्धकार मेटाइरहेको हुन्छ ।

७. भाग्यमानी त्यो होइन जसको नसिब राम्रो छ, भाग्यमानी त्यो हो जो आफ्नो नसिबबाट खुशी छ ।

८. सुन्दरता हमेशा देख्नेहरुको मनमा र नजरमा हुन्छ , नत्रभने गल्ती निकाल्नेहरुले त चन्द्रमामा पनि दाग देख्छन ।

९. जहाँ सफाइ दिनुपर्छ बारम्बार, त्यो सम्बन्ध कहिल्यै सफल हुदैन ।

१०. सम्बन्ध आजकल रोटी जस्तै भइसकेको छ, अलिकती थोरै आगोको ताप बढ्यो कि जलेर खरानी भइदिन्छ ।

११. काम यस्तो गर्नुस कि `नाम´ भइदिओस, नाम यस्तो बनाउनुस कि सुन्नेबित्तिकै `काम´ भइदिओस ।

१२. शहरको तमाम इज्जतदारहरुले एक्कासी गर्यो आत्महत्या, जब एउटी वेश्याले आत्मकथा लेख्ने निधो गरीन ।

१३. वचपनमा जहाँ चाहन्थ्यौ हाँस्ने गर्थ्यौ, जहाँ चाहन्थ्यौ रुने गर्थ्यौ, तर अब मुस्कुराउन पनि कारण चाहिन्छ र आँशु झार्नलाई एकान्तपन ।

१४. कठिन परीस्थितिमा समझदार व्यक्तिले बाटो खोज्छ भने कायरले बहाना ।

१५. मेरो – तिम्रो, सानो – ठुलो, आफ्नो – विरानो, मनबाट हटाइदेउ फेरि सब तिम्रो हो, तिमी सबको हौ ।

१६. म यस्तो मित्र चाहन्न कि जब म घाटी हल्लाउ तब उसले पनि हल्लाओस , यो काम त मेरो छाँयाले नै सबैभन्दा राम्ररी गर्न सक्छ ।

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!