प्रेरक भनाइहरु व्यक्ति विशेष प्रेरक भनाइहरु

साथि कपिलाका प्रेरणादायी भनाइहरु (भाग-३)

७. बन्नु नै छ भने मेहेन्दी को पात जस्तै बन जो आफु चुडिएर-सुकेर-पिसिएर पनि अरु को जीवनमा रङ्ग छारिदियोस I

६. बल्ने हरु यहाँ बलिरहन्छन , बलेर उज्यालो छरी रहन्छन, जल्ने हरु यहाँ जलिरहेका छन् जलेर आफैलाई नै नष्ट गरि रहन्छन I

५. म संग समय छैन,भन्नु त केवल बाहाना मात्र हो I बहाना-त्यो पनि प्रगति को ‘चाहना’ मार्ने ‘बहाना’ किनकि- तपाईसंग एक दिनमा त्यति नै समय हुन्छ जति समय महान एवम सफल ब्यक्ति हरुसंग छ I

४. ‘शिक्षा’ ले मात्र होइन ,शिक्षा कार्यन्वयन गर्ने ‘इच्छा’ ले मात्र महान व्यक्ति जन्माउछ I

३. परिस्थितिले “तपाईंलाई जित्ने” वा परिस्थितिलाई “तपाईंले जित्ने” भन्ने कुरा तपाइँको गुण मा भर पर्छ I उम्लिरहेको पानि मा अन्डा रखिदिनुस बदलिएर सार्हो हुन्छ,आलु राखीदिनुस बदलिएर नरम हुन्छ,तर चिनी रखिदिनुस चिनीले पानि लाइ नै बदलेर चासनी बनाइदिन्छ I कोहि परिस्थिति अनुरुप आफुलाई बद्लिन्छन त कोहि परिस्थिति लाइ नै बदलिदिन्छन I

२. सामाजिक संजाल  लाई तपाई प्रयोग गर्दै हुनु हुन्छ भने त ठिकै छ तर, यदि सामाजिक संजाल द्वारा तपाई परिचालित हुनु भएको छ भने, मान्नुस कि तपाई जोखिम मा हुनु हुन्छ, जस्तै कि तपाई एउटा यस्तो TV जसको रिमोट कन्ट्रोल अरु कसैको हात मा छ र उनि हरु तपाई लाइ आफ्नो मनो-मानि अनुसार नचाई दिन्छन र तपाई कठपुतली सरि नाच्नु पर्छI

१. तिन  घन्टा को परिक्षा होइन जिन्दगी सधै प्रश्न को उत्तर मात्र दिन लाई, जिउनको लागि त उत्तर दिन मात्र होइन आफैलाइ प्रश्न गर्न पनि जान्नु पर्छ त्येसैले त भनिन्छ नि सफल जीवन जिउन को लागि उत्तर खोज्न मात्र होइन प्रश्न रोज्न पनि जान्नु पर्दछ I

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!