प्रेरक लाइनहरु

मनछुने लाइनहरु [अन्तिम भाग]

१. केही मान्छे सुगन्धको जस्तै हुन्छन महसुस त हुन्छ तर देखिदैन ।

२. फुर्सद मिल्यो भने गल्तिहरुलाई माफ गरीदिनु, कसले जान्दछ कि सासको सिमा कहासम्म छ ।

३. जति ठूलो विरोध हुन्छ, त्यति नै तपाइको हिम्मत बढ्छ भने तब यो सम्झिनुस कि तपाईं सहि बाटोमा हुनुहुन्छ ।

४. सुन्दर वस्त्रले तपाइको व्यक्तित्वलाई अवस्य बदल्दछ तर सुन्दर व्यवहारले तपाइको सिङ्गो जिन्दगी बदलिदिन्छ ।

५. कसैलाइ यति धेरै महत्व दिनुहुदैन कि उसले हाम्रो अनुहारबाट `मुस्कान  खोसिदिओस ।

६. सज्जनमा भगवान हेर्नू सरल छ तर सबैमा भगवान देख्नेहरु दुर्लभ छन ।

७. अहंकार देखाएर कुनै सम्बन्ध तोड्नुभन्दा राम्रो हो कि माफी मागेर त्यो सम्बन्ध निभाइयोस ।

८. परीस्थिती अनुकुल होस नहोस तर दृष्टिकोण हमेशा हाम्रो स्पष्ट हुनुपर्दछ ।

९. ऐश्वर्यमा आनन्द मनाउ परन्तु दरीद्रतामा विचार गर ।

१०. मान्छेलाई यदि उसको पैसा बाट अलग गरेर हेर्ने हो भने दुनियाँको सबै मान्छे बराबर हो ।

११. जीवनको “आरम्भ” आफू रोएर हुन्छ र जीवनको “अन्त्य” अरु रोएर हुन्छ, यो आरम्भ र अन्त्यको बिच भरपुर हाँस्यले भरीदिनुस ।
बस यहि जिन्दगी हो ।

१२. मजाक एउटा धेरै गम्भीर चिज हो, यसले खुशी पनि दिन्छ भने सम्बन्ध पनि तोडीदिन्छ ।

१३. कुनै पनि कुरामा ठोस निर्णय लिएर मात्र कदम चाल्नुहोला भावुकतामा बगेर होइन ।

१४. हरेक सम्बन्धमा अमृत वर्षिने छ, शर्त यति मात्र छ कि झगडा गर्नुस तर षड्यन्त्र होइन ।

१५. एउटा उत्कृष्ट मान्छे आफ्नो व्यवहारबाट चिनिन्छ, नत्र भने राम्रो कुरा त भित्तामा पनि लेखिएको हुन्छ ।

१६. जिब्रोको वजन निकै कम हुन्छ र यसलाई धेरै कम मान्छेले सम्हाल्न सक्छन ।

१७. केही मान्छे `मतलब´ को लागि सम्बन्ध बनाउने गर्छन , केही मान्छे सम्बन्धमा `मतलब´ खोज्ने गर्छन ।

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!