कथा विश्व साहित्य

तिन मनछुने कथाहरु

१. एकपटक एउटा शहरी परीवार मेला मा घुम्न गए । मेलामा 1 घण्टासम्म घुम्यो कि अचानक उनको छोरा मेला मा हराएछ । दुवै पति पत्निले छोरालाई धेरै खोज्छन तर केटा भेटीदैन । केटाको आमा जोड जोडले रुन थाल्छिन । पछि प्रहरीमा सुचना दिन्छन , त्यसको आधिघण्टा पछि केटा भेटिन्छ । केटा भेट्ने बित्तिकै उनको पति गाउँ को दुई वटा टिकट लिएर आउँछ । तब पत्निले सोध्छिन ” हामी किन गाउँ गइरहेका छौ ? आफ्नो घर किन गइरहेका छैनौ ?  तब उसको पतीले बोल्यो ” तिमी आफ्नो छोरा बिना आधिघण्टा बस्न सकेनौ भने मेरी आमा पछाडीको 10 वर्षदेखी म बिना कसरी बाचीरहेकी होलिन ?

आमा बुवाको दिल दुखाएर आजसम्म कोहि खुशी भएनन
कदर गर्नु छ भने बाचुन्जेल गर कात्रो उठाउने बेलामा त दुश्मनहरु , घृणा गर्नेहरु पनि रुन थाल्छन ।

२. एकदिन एक जना टिचरले एउटा ब्ल्याकबोर्डमा धर्को तानेर विधार्थीहरुलाई सोध्यो ” के तिमी विधार्थीहरु कसैले यो धर्कोलाई सानो बनाउन सक्छौ ?

तब एउटा विधार्थी उठ्यो र उसले ब्ल्याकबोर्डको नजिक आएर धर्को मेटाएर सानो बनाउनको लागि हात अगाडि बढायो तर टीचरले रोकिदिए र भने ” मैले यो धर्कोलाई मेटाउन भनेको होइन सानो बनाउनको लागि भनेको हो ”

यो सुनेर सबै विधार्थी सोचमा परे । आखिर नमेटाइकन त्यो धर्कोलाई कसरी सानो बनाउने । फेरि अर्को पछाडी बसेको विधार्थी उठ्यो र उसले त्यसै धर्कोको ठाउँमा अर्को त्यो भन्दा ठूलो धर्को तानीदियो ।

तब टिचरले भने ” थाहा छ यसको अर्थ के हो ? हेर्दा यो धेरै साधारण छ सानो धर्कोको तल या माथी त्यो भन्दा ठूलो धर्को तानीदेउ तब पहिलाको धर्को आफसेआप सानो हुनेछ तर यसको गहिरो अर्थपनी छ त्यो हो “तिमिलाई जिवनमा अगाडि बढ्नको लागि तिमिले अरु मानिसलाई मेटाउने आवश्यकता छैन । आवश्यकता त यो कुराको छ कि मानिस आफ्नो गुणले आफैलाई यति महान बनाओस कि अगाडि को मानिस आफै सानो देखियोस ” ।

३. एउटा साथीले मलाई विवाहमा सोध्यो कि “आज कुन ‘माल’ सबैभन्दा सुन्दर आयो विवाहमा ?” मैले एउटी केटितिर संकेत देखाउदै भने “आज उनी धेरै सुन्दर देखिरहेकी छिन ।” तव उसले रिसाउदै मेरो तर्फ हेर्दै भन्यो “मुख सहालेर कुरा गर ! उनी मेरी बहिनी हुन”
मैले भने “वाह यार ! मान्नुपर्छ तिम्रो सोचलाई पनि ! तिम्रो बहिनी – बहिनी भयो र अरुको बहिनी ‘माल’ भइदियो । तिमिलाई आफ्नो बहिनी देखिन्छ र बाकी सबै `माल´ देखिन्छ । आखिर उ पनि कसैको बहिनी छोरी हो । भाइ इज्जत सबैको प्यारो हुन्छ । यदि तिमिलाई आफ्नो बहिनी प्यारो छ भने सबैलाई आफ्नो बहिनी प्यारो छ ।त्यसैले मैले जानीबुझी तिम्रो बहिनी तर्फ संकेत गरे ताकी तिम्रो सोचलाई बदल्न सकु । तिमी आफ्नो बहिनिको लागि जे सोच्छौ त्यो अरुको लागि सोच्न सिक्छौ भनेर ।

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!