प्रेरक प्रसंग

पढ्नैपर्ने तिन प्रेरक प्रसंगहरु

१. यो घट्ना त्यो बेलाको हो जब एउटा युद्धमा विजय प्राप्त गरेर अलेक्जेन्डर महान र उनका गुरु अरिस्टोटल एकै पटक फर्किरहेका थिए ।

ठुला – ठुला पहाड र घना जङ्गल पार गर्दै बाटोमा जब एउटा धेरै गहिरो नाला आयो तब अरिस्टोटलले भने , ” यो नाला पहिला म पार गर्नेछु र पछि तिमिले पार गर्नु ” । तर अलेकजेन्डर ले गुरु को आज्ञाको पालन नगरी नाला पार गरे ।

अलेक्जेन्डरको यस्तो व्यवहारबाट क्रोधित भएर अरिस्टोटलले भने ” आजसम्म तिमिले मेरो आज्ञाको अवज्ञा गरेका थिएनौ , फेरि आज यो नयाँ काम कसरी भयो ? ”

अलेकजेन्डरले बडो नम्रतापुर्वक टाउको झुकाएर भने , ” नाला पार गर्दा यदि तपाइलाई केही भयो भने मैले तपाईं जस्तो अर्को गुरु पाउने थिइन तर म डुबेको भए तपाईं आफ्नो ज्ञानले म जस्ता धेरै अलेकजेन्डर बनाउन सक्नुहुन्छ ” ।

२. सुकरात ग्रीसका महान विचारक र दार्शनिक थिए । उनी सडकमा जहाँ उभिन्थे त्यहा मानिसहरुले उनलाइ घेरेर विभिन्न प्रश्न सोध्थे । कहिलेकाही त मानिसहरु छेउ न टुप्पोको प्रश्न सोध्थे तर सुकरात शान्त भावले उनिहरुको प्रश्नको जवाफ दिन्थे ।

मानिसहरुबाट घेरीरहनाको कारण सुकरात धेरै समयसम्म घर बाहिर बस्थे । यसले उनकी पत्नी धेरै रिसाउने गर्थिन । त्यसै पनि उनी बडो कठोर स्वभावकी थिइन । बिना कारण नै सुकरात सँग झगडा गरीरहन्थिइन । सुकरात बडो शान्त भावले उनको कुरा सुनिरहन्थे ।

जब धेरै बेरसम्म पनि उनकी पत्नीले बोल्न छोडिनन तब सुकरात बाहिर जान लागे । यो देखेर उनकी पत्निको रिस पनि बढ्यो । छेउमा चिसो फोहोर पानीले भरीएको बाल्टिक राखिएको थियो । क्रोधले तिर्मिराउदै उनले त्यो सबै फोहोर पानी सुकरातको टाउकोमा खन्याइदिइन । उनी शिर देखि पाउसम्म भिजे र उनको कपडा पनि फोहोर भयो तर पनि उनी शान्त भएर बसे जस्तो कि केही भएकै छैन ।

केही क्षणपछी मुस्कुराउदै शान्त भावमा सुकरातले भने ” यति ठूलो गर्जनपछी त वर्षा त हुनु नै थियो ” ।

३. यो घट्ना त्यो समयको हो जब लाल बहादुर शास्त्री भारतको प्रधानमन्त्री थिए । एक दिन उनी आफ्नी श्रीमती ललिता शास्त्री सित एउटा साडीको कारखानामा घुम्न गए । उनकी श्रीमतीले केही साडी मन पराइन । शास्त्रीले त्यो साडी प्याकिङ गरीदिन भने र पैसा दिन लागे । तर मालिकले पैसा लिन मानेनन ।

तब शास्त्रीले भने ” आज म प्रधानमन्त्री छु , यसैले मलाइ यति मुल्यवान साडी सित्तैमा दिइरहनु भएको छ । तर भोलि जब म प्रधानमन्त्री रहन्न भने तब के यस्तो साडी तपाईं सित्तैमा दिन सक्नुहुन्छ ?

यो कुरा सुनेर कारखाना मालिक केही बोल्न सकेनन । उनले चुपचाप पैसा लिए ।

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!