प्रेरक लाइनहरु

अहो ! कति सुन्दर लाइनहरु ! – २

१. तिमिले त रुवाएर राखिदियौ ए जिन्दगी ! जाउ सोध मेरी आमालाई, कति प्यारो थिए म ।

२. किन गर्छौ घमण्ड आफ्नो ठाठमा, मुठी पनि खाली हुन्छ जब पुग्छौ घाटमा ।

३. कसरी थाहा पाउने राम्रो मान्छेको पहिचान ? दुवै नक्कली भइसक्यो आँशु र मुस्कान ।

४. आफुभन्दा धेरै कसैलाइ पनि भरोसा नगर्नु किनकी अध्याँरोले छाया पनि साथ छोडिदिन्छ ।

५. संकटमा परेको हातीलाइ भ्यागुताले पनि लात हान्छ ।

६. पेटमा गएको विषले एकजना व्यक्तिलाई मात्र मार्छ तर कानमा गएको विषले सयकडौ व्यक्तिलाई मार्छ ।

७. यार, प्यार र स्याहार यदि सम्बन्धमा भएन भने, त्यहा खाली वार मात्रै हुन्छ ।

८. भिडको हिस्सा नबन, यदि बन्नुछ भने भिडको कारण बन ।

९. व्यवहारीक होइन व्यवसायिक भइसकेका छन मान्छे, सम्बन्ध पनि उसैसित राख्छन जोसित मुनाफा अधिक हुन्छ ।

१०. एउटा रोटी दिन सकेन त्यो निर्दोषलाई तर त्यो तस्बिर लाखौमा बिक्यो जसमा उ भोको बसेको थियो ।

११. किश्ता बन्दिमा मेरो हत्या हुँदै गयो, कहिले मार्ने मान्छे बदलियो भने कहिले मार्ने हतियार बदलियो ।

१२. अन्जान मान्छे नै राम्रा हुन्छन, जति जति मान्छेलाई चिन्दै जानुहुन्छ त्यति त्यति खराब लाग्न थाल्छ ।

१३. मान्छे कुरा दिलको गर्छन तर आज पनि प्रेम अनुहार बाटै हुने गर्छ ।

१४. प्रेमको पहिलो शर्त इज्जत हो, जो इज्जत दिन सक्दैन त्यसले प्रेम गर्न सक्दैन ।

१५ एउटा पुस्तकालयमा राखिएको गिता र कुरान कहिल्यै लड्दैनन र जो यिनीहरुको लागि लड्छन उनिहरुले यसलाई कहिल्यै पढ्दैनन ।

१६. समेटेर लिएर जाउ आफ्नो झुठो प्रेमको अधुरो किस्सा, अर्को प्रेम मा तिमिलाई फेरि यसको आवश्यकता पर्छ ।

प्रतिक्रिया

  • Wow यो लेखहरूले त मेरो मनै छोयो धन्यबाद।अगामि दिनहरूमा नि यस्तै मन छुने लाईनहरू पढ्श पाऊ

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!