प्रेरक लाइनहरु

पन्ध्र मनछुने लाइनहरु [पहिलो सृंखला]

१. दुनियाको मान्छे धेरै निर्दयी छ, उसले तिम्रो दुख दर्द मा रोइ रोइ सोध्छन र हाँसी हाँसी सारा दुनियालाई बताउछन ।

२. रेखा के हेर्छौ आफ्नो हातको किस्मत त उसको पनि हुन्छ जसको दुईटै हात हुदैन ।

३. निद्रा र मृत्यु मा के फरक छ ? कसैले क्या सुन्दर जवाफ दियो : निद्रा आधा मृत्यु हो र मृत्यु हमेशाको लागि निद्रा हो ।

४. जिन्दगी त आफ्नै तरीकाले चल्दछ, अरुको सहाराले त वस कात्रो निस्कने गर्छ ।

५. विहान हुन्छ, साम हुन्छ, उमेर यसरी नै तमाम हुन्छ ।

६. कोहि रोएर दिल बहलाउछन र कोहि हाँसेर दर्द लुकाउछन ।

७. कस्तो चमत्कार छ यो प्रकृतिको; जिउदो मान्छे पानी डुब्छ र मुर्दा तैरीएर देखाउछ ।

८. बस्, कन्डक्टरको जस्तो भइसकेको छ जिन्दगी, यात्रा दैनिकी हुन्छ र जानू कहि हुदैन ।

९. सफलताको सात रहस्य मलाई आफ्नो कोठामा नै भेटीयो : कौशीले भन्यो – आफ्नो उद्धेश्य महान राख । पँखाले भन्यो – ठण्डा दिमाग राख घडीले भन्यो – हरेक मिनेट महत्वपुर्ण छ, सदुपयोग गर काँचले भन्यो – केही गर्नुभन्दा अगाडि आफुभित्र नियालेर हेर । झ्यालले भन्यो – दुनियालाई पनि हेर । ढोकाले भन्यो – आफ्नो लक्ष्य प्राप्त गर्न पूरा जोड लगाउक्यालेन्डरले भन्यो – Up To Date गर ।

१०. रेखाहरु पनि अचम्मको हुन्छ,  निधारमा खिचियो भने किस्मत बनाइदिन्छ,  जमिनमा खिचियो भने बर्डर बनाइदिन्छ र सम्बन्धमा खिचियो भने भित्ता बनाइदिन्छ।

११. एक रुपैया एक लाख हुदैन तर फेरि एक रुपैया एक लाखबाट निस्कन्छ भने त्यो लाख पनि लाख हुदैन ।

१२. म तपाईंको लाखौ रुपैयाको बिचमा एक रुपैया हु, सम्हालेर राख्नु , बाकी सबै मोहमाया हो ।

१३. पैसाको पछि मुर्खहरु मात्र लाग्छन बुद्धिमानले त काम खोज्छन काम, किनकी उनिहरुलाई थाहा छ कर्म नै पैसा हो 

१४. बादशाह उहीँ हो जोसित केही नभएर पनि आनन्दित छ 

१५. बदलिने मौसम, बदलिने सम्बन्ध र बदलिने मान्छे नदेखिए पनि महसुस अवस्य हुने गर्छ ।

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!